तेल र ग्याँस खाेज्दाखाेज्दै एक्कासी मन्त्रीकाे सपथ लिन बाेलाएपछि ……

 काठमाण्डौ २० कार्तिक ।  एमालेकी नेत्री शान्ता मानवीलगायत केही महिला सभासद् संसद् सचिवालयको सिफारिसमा तेल र ग्यास पाइन्छ कि भन्दै बिहीबार संसद्को यातायात शाखाबाहिर गफ गर्दै थिए।
एक्कासि मानवीको मोबाइल बज्यो। उनी प्रफुल्ल भइन् र आफूसँगैका महिला सभासद्लाई राष्ट्रपति कार्यालय जानुपर्ने बताइन्। सबैले मुखामुख गर्न थाले।
 मानवीले भनिन्, ‘मन्त्रीको शपथ लिन शीतल निवास बोलाइयो मलाई त। त्यसपछि संसद्का यातायात शाखाका कर्मचारी मानवीका लागि गाडी खोज्न थाले। संसद्का सबै चालक खाजा खान निस्केकाले संसद् सचिवालयले उनका लागि सवारीको व्यवस्था गर्न सकेन।
 मानवी आफैं गाडी खोजेर शीतल निवास पुगिन्।एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री बन्न अस्वीकार गरेपछि मानवीलाई एक्कासि मन्त्रीको अफर आएको थियो।