बेलायतमा ‘निकै खतरनाक’ नर्व एजेन्ट विषका कारण दम्पत्ती बेहोसः कसले गर्यो प्रहार ?

बेलायतमा गम्भीर रुपमा बिरामी दुई व्यक्तिको शरिरमा नर्व एजेन्ट पाइएको पुलिसले जानकारी दिएको छ । पुलिसका अनुसार यो त्यही नर्व एजेन्ट हो जुन पूर्व रुसी जासुस सर्गेई स्क्रिपल र उनकी छोरीको हत्या प्रयासमा प्रयोग गरिएको थियो ।

पुलिस प्रवक्ता निल बसुका अनुसार रासायनिक हतियार विशेषज्ञले नर्भ एजेन्ट नोविचोकको प्रयोगको पुष्टि गरेका छन् । चार्ली रोली र डान स्ट्रल विल्टशरस्थि आफ्नो घरमा बेहोस पाइएका थिए र उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो ।

पुलिसका अनुसार यस्तो प्रकारको लक्षण अहिले कुनै पनि व्यक्तिमा पाइएको छैन । पीडितलाई जानी जानी निशाना बनाइएको कुनै प्रमाण नभेटिएको पुलिसले बताएको छ ।

इंगल्याण्डका मुख्य चिकित्सा अधिकारी सेली डेविसले भने, ‘म मानिसहरुलाई पुनः यो विश्वास दिलाउन चाहन्छु कि सर्वसाधारणलाई यसको खतरा निकै कम छ । भयभित नहुनुहोस् ।’

बीबीसी संवाददाता गार्डन कोरोराका अनुसार मार्चमा पूर्व रुसी जासुस र उनकी छोरीको हमलामा बाँकी रहेको नोविचोक नामक नर्व एजेन्टले पीडितलाई हमला गरिएको बताइएको छ ।

के हो नोविचोक एजेन्ट ?

नोविचोकलाई रुसी भाषामा ‘नावागन्तुक’ भनिन्छ । यो ती नर्व एजेन्टको समूहका हिस्सा हो जसलाई सोभियत राष्ट्रले सन् १९७० देखि १९८० का बीच गोप्य तरिकाले विकसित गरेको थियो ।

यसमा प्रयोग हुने एक रासायन ए–२३० भनिन्छ जुन कथित भिएक्स नर्व एजेन्टभन्दा पाँच गुणा बढि विषालु हुन्छ । यसको हमलाले कुनै व्यक्तिको केही मिनेटभित्रै हत्या गर्न सकिन्छ ।

यो रसायनको थुप्रै प्रकार बनाउन सकिन्छ र त्यसमा कथित रुपमा एकलाई रुसी सेनाले रासायनिक हतियारको रुपमा अनुमती दिएको छ ।

यसमा केही नर्व एजेन्ट तरल पदार्थमा हुन्छन् भने कुनैको ठोस् रुप पनि हुन्छ ।