काठमाण्डौ २० कार्तिक । कम्युनिस्ट राजनीतिको एउटा गतिलो आदर्श बनेर बसेका चित्रबहादुर के.सी. उप प्रधान मन्त्रि बनेपछि मानिसहरुमा सकारात्मक र नकारात्मक दुबै चर्चा शुरु भएका छन् |
के.सी. विचार र ब्यबहार दुबैमा समानता पाएकोमा गर्ब गर्ने नेपालीहरु प्रशस्तै छन् | पछिल्ला दिनहरुमा उनि राष्ट्रबादी नेताका रुपमा पनि हेरिन थालेका थिए | तर ओली सरकारको छैठौं उप-प्रधानमन्त्री बनेपछि भने उनको साखमा केहि कमि आएको छ |
बग्लुन्ग्को मल्म गाविसका चित्र बहादुर के.सी. मन्त्री बनेपछि बाग्लुङ्गका जनतामा अपार खुशी छाएको छ । बाग्लुङ्गका केहि गाउँमा दिपावली गरेको खबर समेत प्राप्त भएका छन् | जिल्लाबाट मन्त्री मण्डलको उपल्लो तहमा पुग्ने सम्भबत के.सी. पहिलो व्यक्ति हुन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका के.सी.ले उपप्रधान, सहकारी एवं गरिवी निवार मन्त्री भएका हुन् । के.सी.ले आफ्नो पदको सपथ ग्रहण गरिसकेका छन् ।
भण्डाफोरको नीति अख्तियार गर्दै आएको जनमोर्चा सरकारमा सहभागी हुने निर्णयसँगै केपी ओली नेतृत्वको सरकारमा के.सी मन्त्री भएका हुन् ।
के.सी. विचार र ब्यबहार दुबैमा समानता पाएकोमा गर्ब गर्ने नेपालीहरु प्रशस्तै छन् | पछिल्ला दिनहरुमा उनि राष्ट्रबादी नेताका रुपमा पनि हेरिन थालेका थिए | तर ओली सरकारको छैठौं उप-प्रधानमन्त्री बनेपछि भने उनको साखमा केहि कमि आएको बताउनेहरु पनि छन |
“के.सी. आफु राम्रो भएपनि बेला छ-छ जना उप-प्रधानमन्त्री बन्न जानु उनको नैतिकताले सुहाउने कुरा होइन”- एक राजनीतिक विश्लेषकले भने |







