![]()
थाइल्याण्का पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रालाई पक्राउ पुर्जी जारी गरिएको छ।
थाइल्याण्डको अपराध नियन्त्रणसम्बन्धी अदालतले सोमबार सो पक्राउ पुर्जी जारी गरेको हो । उनलाई यसअघि नै सो अदालतले आफूविरुद्धको सुनुवाईका लागि उपस्थित हुन जारी गरेको आदेशको अवहेलना गरेपछि सो पूर्जी जारी गरिएको बताइएको छ ।
उनीमाथि गएको मे महिनामा दक्षिण कोरियामा दिएको एक अन्तरवार्तामा थाई सैनिकको अपमान गरेको आरोप लगाइएको थियो ।
सो आरोपमा आफ्नो सफाई पेसगर्न थाई अदालतले दिएको आदेशका क्रममा उनी उपस्थित नभएपछि अदालतले सो आरोप लगाएको हो।
थाई सेनाले हालेको सो मुद्दामा सोमबार गरेको सुनुवाईका क्रममा नै अदालतले उनका विरुद्धमा पक्राउ पूर्जी नै जारी गरेको बताइएको छ।
उनी हाल निर्वासनमा विदेशमा छन्। पूर्व प्रधानमन्त्री थाकसिनका वकिलले उनका विरुद्धमा अदालतले पक्राउ पूर्जी जारी गरिएको जानकारी दिएका छन् । रासस/सिन्ह्वा






