लन्डन । नवलपुर जिल्ला समाज युकेले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
समाजले १३ अप्रिल २०२४ शनिबार अल्डरसड स्थित एम्पायर हलमा बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म बार्षिक भेटघाट तथा नयाँ वर्ष विशेष कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष महेश देवकोटाले बताए ,अध्यक्ष देवकोटाले विशेष कार्यक्रम गरी नयाँ वर्ष २०८१ लाई स्वागत गरिने बताए।
अङ्ग्रेजी नयाँ वर्षलाई महत्त्व दिए पनि नेपाली नयाँ वर्षको पनि उतिकै महत्त्व भएकोले नेपाली नयाँ बर्षलाई स्वागत गरी मनाउने कार्यक्रम तय गरिएको समाजका संयोजक प्रकाश कंडेलले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।
कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरु र स्थानीय बालबालिकाहरुको नृत्य तथा अन्य रोचक प्रस्तुती समेत रहने भएकाले भेलामा सहभागी हुन उनले सम्पुर्णलाई अनुरोध समेत गरेका छन् ।
नवलपुर जिल्ला समाज यू के को बार्षिक भेटघाट (AGM) तथा नेपाली नयाँ बर्ष २०८१ कार्यक्रम निम्न स्थान, मिती र समय मा हुन गैरहेको जानकारी गराउन चाहन्छौ ।
कार्यक्रम हुने स्थान:-
Empire Hall
Aldershot
GU11 1DJ
Date: Saturday 13 April 2024
Time: 11am to 6pm
Entry : Adult £25
Child: £15






