एनअारएन सम्मेलनकाे तयारी अन्तिम चरणमा, विश्व सम्मेलनको उदघाटन राष्ट्रपतिले गर्ने

Mana-KC

लन्डन ।  अागामी अक्टाेबर १४ देखि १७ गते सम्म काठमाण्डाैमा हुने गैर आवासीय नेपाली संघ एनआरएनए सातौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

सम्मेलनकाे व्यवस्थापन लगायतका बाह्य र प्रतिवेदन, लगायतका अन्य अान्तरिक तयारी अन्तिम चरणमा पुगेकाे  गैरआवासीय नेपाली संघका प्रबक्ता मन केसीले बताए । उनका अनुसार अक्टोबर १४ देखि १७ सम्म औपचारिक कार्यक्रम हुन तय भएपनि ८ तारिखबाट नै सम्मेलनपूर्वका कार्यक्रमहरु हुनेछन् । १४ र १५ अक्टोबरमा गैरआवासीय नेपाली सँघको साधारण सभा र निर्वाचन हुने भएको छ । १६ तारिख बिहानबाट शुरु हुने सातौं विश्वसम्मेलनको उद्घाटन राष्ट्रपति डा रामवरण यादवले गर्ने कार्यक्रमतय गरिएको ।

यसअन्तर्गत ८ तारिखमा नेपाली भाषा साहित्यको प्रवर्धनमा प्रवासी नेपालीको समेत भूमिकालाई लिएर प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिने भएको छ ।

यस्तै अक्टोबर ९ तारिख बागलुंगको अमलाचौरमा गैरआवासीय नेपाली संघले निर्माण गरेको विज्ञान प्रयोगशाला र पुस्तकालयको शिलन्यास गर्ने कार्यक्रम छ । त्यस्तै एनआरएनले अक्टोबर ११ तारिखलाई हरेक वर्ष एनआरएन डेका रुपमा मनाए अनुरुप यस पटक भूकम्पबाट प्रभावित जिल्लाहरुमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर एनआरएन डे मनाउने तयारी भैरहेको छ ।

गर्दै  प्रवक्ता  केसीले पुननिर्माणमा विश्वभर छरिएर रहेका नेपालीहरुले कसरी योगदान पुर्याउन सक्छन् भन्नेमा नै सम्मेलन केन्द्रित हुने जानकारी दिए ।
अहिले एनआरएनएका अध्यक्ष शेषघलेसहित केही पदाधिकारी काठमाडौंमा छन् ।  यस्तै सम्मेलन पूर्व १२ र १३ तारिख काठमाडौंमा विभिन्न कार्यशाला गोष्ठीहरु हुनेछन् । कार्यशालामा गैरआवासीय नेपाली संघ, नेपालमा रहेका विज्ञहरुसहितबाट छलफल गरी पुननिर्माणमा एनआरएनको भूमिका, विकासका अन्य कार्यहरु, शिप, दक्षता अभिबृद्धिमा एनआरएनको अनुभव साट्ने कार्य हुनेछन् ।

यस्तै एनआरएनले बाचा गरेको हजार घर बनाउने कार्यलाई कार्यान्वयन गर्ने विषयमा पनि सरकारी निकायहरुसँग अन्तरक्रिया हुनेछन् । सम्मेलनको अन्तिम दिन १७ अक्टोवर सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।