पितृ पक्ष अर्थात् सोर्हश्राद्ध सोमबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्ममा सोर्हवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोर्हश्राद्ध भनिएको हो । चाड पर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धाभक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दूशास्त्रीय परम्पराअनुसार सोर्हश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता समेत छ । यसरी सोर्हश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।
सोर्हश्राद्ध आजदेखि सुरु






