सुन्दर युवतीहरूका लागि कहलिएका दश देश । हेरौ कुन देशका युवती कस्ता ?

एजेन्सी :- संसारका हरेक स्थानमा आफ्नै प्रकारको संस्कृति, परम्परा, चालचलन एवं मान्यता पाइन्छ। ठाउँअनुसार फरक रहनसहन, जीवनशैली हुनु आफैंमा राम्रो पनि हो, जसबाट मानिसले विविधताको अनुभूति गर्न पाउँछन्।

Beauty_of_Country_10

 

विश्वव्यापीकरण र प्रविधिका कारण संसार एकअर्काको विशेषताका बारेमा जानकार पनि छ । विश्वमा केही मुलुक छन् जहाँ फेसन ग्ल्यामरको राज छ। अनि सुन्दर युवतीका लागि कहलिएका छन्।

मोडेलका लागि प्रख्यात ब्राजिल

Brazil_Modelब्राजिलियन मोडेलको जति चर्चा अन्य मुलुकका मोडेलको सायदै हुन्छ। फेसन तथा फिल्ममा ब्राजिलियन सुन्दरी उत्कृष्ट साबित भएका छन्।

उनीहरूको सुन्दर छाला र कपालको संसारभर प्रशंसा हुने गर्छ।

त्यहाँका मोडेल र अभिनेत्रीको क्रेज र चर्चाले संसारभरका धेरै सुन्दरीलाई छायाँमा पारिदिएका छन्। त्यहाँ पोर्चुगल संस्कृतिको प्रभाव छ।

पोर्चुगलको उपनिवेश हुदादेखि ब्राजिलमा पोर्चुगिस्ट संस्कृतिको विकास भएको हो।

परम्परा र संस्कृति जे जस्तो भए पनि सुन्दर युवती पाइने मुलुकमा गनिएको छ ब्राजिल।

मुहार र फिगरमा प्रख्यात कोरियाका मोडलहरू

Korean-Modelसफा र सुन्दर मुहार एवं आँखाका कारण कोरियाली युवतीको आकर्षण एसियाली मुलुकमा अरूभन्दा अगाडि छ।

आकर्षक फिगरका धनी उनीहरू संसारभर सेक्सी र ग्ल्यामरस छविका कारण चिनिएका छन्।

दक्षिण कोरियाली महिला जति सुन्दर छन्, त्यत्तिकै प्रतिभावान् पनि मानिन्छन्।

कोरियाको विशेष संस्कृति, फेसन र मनोरञ्जन शैलीले दुनियाँको ध्यान आकर्षित गरेको छ।

कोरियाली चलचित्रको क्रेज विश्वभर बढ्दो छ। यसको मुख्य कारण कोरियाली फेसन र सुन्दर युवतीलाई पनि मानिन्छ

धेरै ताज जित्ने भेनेजुएला

Venejuyelaभेनेजुएला अर्को यस्तो मुलुक हो जहाँ ग्ल्यामरको राज छ। मिस युनिभर्सको इतिहासमा सबभन्दा धेरै ताज भेनेजुएलाका युवतीले चुमेका छन्।

यसबाट के पुष्टि हुन्छ भने उनीहरू जति सुन्दर छन् त्यत्तिकै प्रतिभावान् पनि छन्। भेनेजुएलाले सातपटक मिस युनिभर्स, ६ पटक मिस वर्ल्ड , ६ पटक मिस इन्टरनेसनल र दुईपटक मिस अर्थको उपाधि हात पारिसकेको छ। यो उपलब्धिसँगै भेनेजुएला विश्वमा सुन्दर र प्रतिभावान् युवतीका लागि कहलिएको छ।

सेलिब्रेटीको मुलुक अमेरिका

America-britneyशक्ति र सानमा संयुक्त राज्य अमेरिका जति अगाडि छ; मनोरञ्जन र फेसन उद्योगमा पनि त्यत्तिकै अगाडि छ।

संसारका सबभन्दा शक्तिशाली हाई प्रोफाइल सेलिब्रेटीका लागि पनि प्रख्यात छ अमेरिका। विश्व चलचित्रका लागि विख्यात हलिउड अमेरिकामै छ। गायन, अभिनय, मोडलिङ सबै विधामा उनीहरूको अग्रता कायम छ। अमेरिका सेलिबेटीको मुलुकका रूपमा पनि चिनिन्छ।

सेलिब्रेटीको बिन्दास र फेसनेबल जीवनशैलीका कारण पनि उनीहरूको आकर्षण र सुन्दरताले विश्वलाई आकर्षित गरेको छ।

क्यानडा विश्वकै सुन्दर गन्तव्य

बहुसंस्कृति अनुसरण गर्ने क्यानडा सुन्दर महिलाका लागि विश्वचर्चित छ। गोरो वर्ण उनीहरूको सुन्दरताको पहिचान मानिन्छ।

क्यानडेली समुन्द्री किनारमा होस् या सपिङ मल, जताततै सुन्दर युवती देखिन्छन्।

उनीहरूको फेसनेबल र ग्ल्यामरस छविको सबैले प्रशंसा गर्ने गर्छन्।

प्राकृतिक सुन्दरताका कारण क्यानडालाई भ्रमणको सुन्दर गन्तव्य पनि मानिन्छ।

संसारभरका मानिस क्यानडा जान लालायित हुन्छन्।

अरवियनमा राम्रो लेवनानी

मध्यपूर्वी राष्ट्र लेबनान अरबियनमध्ये सबभन्दा सुन्दर युवती पाइने मुलुकका रूपमा चिनिएको छ।

त्यहाँका धेरै युवती मोडलिङ एवं अभिनयमा रुचि राख्छन्। यस क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमै ख्याति पनि कमाएका छन्।

लेबनानी युवतीलाई उनीहरूको प्राकृतिक सुन्दर कालो कपालले अझ सुन्दर देखिन मद्दत पुर्‍याएको छ।

आकर्षक जीउडाल र ग्ल्यामरस छविले उनीहरूको व्यक्तित्व पनि झल्किने गर्छ।

छरितो शरीरको आकर्षण रुस

रुस पनि संसारका सर्वाधिक सुन्दर महिला पाइने मुलुकमध्येमा गनिन्छ।

रसियनहरू आकर्षक एवं फरक खालको बनोटका कारण सुन्दर देखिन्छन्।सुन्दर मुहार, छरितो शरीर, सफा छाला रसियन युवतीको सुन्दरताको राज मानिन्छ।

रसियाली सुन्दरीको यही विशेषताका कारण विश्वको फेसन एवं ग्ल्यामर बजारमा उनीहरूको चर्चा हुने गर्छ।

विकासका पूर्वाधार, अनौठो संस्कृति एवं सुन्दर युवतीको आकर्षणले रसिया एकपटक पुग्नैपर्ने ठाउँ मानिन्छ।

ब्युटी विथ ब्रेनका लागि कम्बोडिया

कम्बोडियाका केही मोडेल तथा नायिका संसारभर लोकप्रिय छन्।

कम्बोडियालाई विश्वमा धेरैले सुन्दर युवतीका लागि चर्चित मुलुकका रूपमा लिने गर्छन्।

त्यहाँका युवती साँच्चिकै ‘ब्युटी विथ ब्रेन’ भन्नलायकका हुन्छन्।शारीरिक रूपमा मात्रै नभएर उनीहरू मानसिक रूपमा सक्रिय एवं प्रतिभावान् हुन्छन्।

नीलो आँखामा लोकप्रिय स्विडेन

स्विडेनका महिलाको विश्वमा अनौठो आकर्षण छ। आकर्षक उचाइ, नीला आँखा र सेतो कपाल उनीहरूको विशेषता मानिन्छ। स्विडेनी युवती प्रतिभावान् पनि हुन्छन्।

फेसन र ग्ल्यामर क्षेत्रमा लागेका स्विडेनका सुन्दरीलाई त्यहाँ देवीसँग पनि तुलना गर्ने गरिएको छ। फेसन मोडलिङमा लाग्नेहरूको सफलताले पनि स्विडेनी सुन्दरीको क्रेजलाई उचाइमा पुर्‍याइदिएको छ।