लन्डन । डेढ वर्षअघि बेलायत आएका नेपाली विद्यार्थी १९ वर्षीय आशीष कुँवर केसीको मृत्यु भएको छ ।
तामाङ समाज यूकेका अध्यक्ष सुरेश वाइबाका अनुसार आशीषको शनिबार राति ९:५० ह्यामरस्मिथ अस्पतालमा निधन भएको हो ।
बेलायत आएको छोटो अवधिमै ज्यान गुमाएका आशीष क्यान्सर रोगबाट पीडित थिए । तामाङ समाज यूकेका महासचिव रोज दोङका अनुसार आशीष फेब्रुअरी ११ तारिखमा अस्पताल भर्ना भएका थिए ।
प्यूठानको सरुमारानी गाउँपालिका-१ घर भई आशीष बेलायतमा वेम्बली नोर्टन रोडमा बस्दै आएका थिए । उनी २०२५ फेब्रुअरी १ मा बेलायत आइपुगेका थिए । आशीषको जन्म सन् २००६ अक्टोबर ११ मा भएको थियो ।
आर्थिक सहयोगका लागि अपील
मृतक आशीष कुँवर केसीको पार्थिव शरीर नेपाल पठाउन आवश्यक खर्च जुटाउन परिवार तथा आफन्तले सबैमा आर्थिक सहयोगको अपील गरेका छन्।https://www.gofundme.com/f/give-ashish-a-chance-to-live-his-dreams
मृत्त आत्मा प्रती चिरशान्तीको कामना तथा परिवार मा धैर्यधारण गर्ने क्षमता मिलोस भन्ने कामना गर्दछौ






