लण्डन । बेलायतमा मंगोलियन हार्ट’ लाइभ गुन्जिने भएको छ। ब्यान्डले पहिलोपटक बेलायतमा लाइभ प्रस्तुति दिन लागेको हो। ब्यान्ड सदस्यहरू बुधबार (१० डिसेम्बर) मा लाइभ कन्सर्टका लागि नेपालबाट प्रस्थान गरेका छन्।
मुख्य कन्सर्ट १३ डिसेम्बरमा ह्यारो सेन्टर, लन्डनमा हुनेछ। यस विशेष कन्सर्टको आयोजना जिटी बेस इन्टरटेन्मेन्टले गरेको हो। कन्सर्टमा ब्यान्डका चर्चित गीतहरू लाइभ गुन्जिनेछन्।
ब्यान्डका पर्खाइमा, बादलपारिको देशबाट, गाजलु टीका, सुम्निमा, म माया लाउँदिनँ, तिमीलाई देखेर, सायद तिम्रो बाटोमा लगायत दर्जनौँ गीत हिट छन्।
‘युकेका दर्शकहरूलाई ३३ वर्षअघि सन् १९९२ मा स्थापना भएको मंगोलियन हार्टले लोक, स्लो रक, पप मेलोडीलगायतका जनताका गीत गाएको छ।
ब्यान्डमा राजु लामासहित रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा भूपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन रहेका छन्।
हामी सबै तयार छौँ यस्तो छ यूके आयोजकको प्रेस रिलिज
१३ डिसेम्बर २०२५, शनिबारका दिन Harrow Leisure Centre, London मा आयोजित हुन गईरहेको “Mongolian Heart – Live in Concert” कार्यक्रममा सहभागी हुन प्रतिष्ठित नेपाली संगीत समूह Mongolian Heart आज सम्पूर्ण टिम सहित युके प्रस्थान गरेको आयोजक समूहले जानकारी गराएको छ।
प्राप्त सूचनाअनुसार ब्यान्डका सदस्यहरू आज बेलुकी १०:४० बजे Heathrow London Airport मा अवतरण गर्ने कार्यक्रम रहेकोछ। यस ऐतिहासिक लाइभ (Live) कन्सर्टमा उपस्थिति जनाई नेपाली संगीत तथा कलाकारप्रति समर्थन प्रदान गर्न आयोजक sahisearch.com र GTBass Entertainment ले सम्पूर्ण संगीतप्रेमीहरूलाई हार्दिक आह्वान गर्दछ।
Paper Ticket अस्ति सोमबार ८ डिसेम्बर सम्म मात्र £40 मा उपलब्ध थियो र sold out को जानकारी दिँदै आयोजक समितिले इच्छुक दर्शक तथा संगीत प्रेमीहरूलाई समयमै टिकट सुरक्षित गरी उपस्थित भई कार्यक्रमलाई सफल पार्न आग्रह गरेको छ। टिकट अनलाइन पनि प्राप्त गर्न सकिनेछ, जसको विवरण www.sahisearch.com मा उपलब्ध छ।
कार्यक्रमसम्बन्धी थप जानकारी तथा टिकट बुकिङका लागि निम्न व्यक्तिहरूमा सम्पर्क गर्न सकिनेछ—
सम्पर्क व्यक्तिहरू :
थमु वाइबा – 07584 178534
रोज दोङ – 07400 019830
विशाल मोक्तान – 07477 779949
नेपाली कला, संस्कृति र संगीतको प्रवद्र्धनतर्फ केन्द्रित यस कार्यक्रममा सम्पूर्ण नेपाली समुदायको गौरवपूर्ण सहभागिता अपेक्षित छ।
आयोजक, “Mongolian Heart – uk team






