काठमाडौँ । पिरिम नलाउने बोलको गीतले चर्चा पाएसंगै आशिष र अञ्जु पन्तको स्वरमा रहेको गीत रोमान्टिक छु सार्वजनिक भएको छ ।

उक्त गीतको भिडियो अहिले संगीतप्रेमी दर्शकका लागि चर्चाको विषय बनेको छ । भिडियोमा नायिका प्रियंका कार्कीले धमाकेदार अभिनय गरेकी छिन् । नायिका कार्कीलाई भिजु पार्कीले अभिनयमा साथ दिएका छन् ।

नृपेश उप्रेतीका शब्द शृजना समावेश गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियोको निर्देशन सुब्रतराज आचार्यले गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन भरत दाहालले गरेका हुन् ।

पिरिम नलाउने बोलको गीतलाई करिब ३ करोड दर्शकले माया दिएसँगै उत्साहित बनेका गायक आशिषले सार्वजनिक गरेको डान्सिगं गीतलाई आफ्ना दर्शकले अत्यधिक रुचाउनेमा उनी विश्वस्त छन् ।

फेसबुक कमेन्ट