काठमाडौ । महिनौ दिन अघि देखि नै महिलाहरुको महान पर्व तीजको रमझम शुरु भइसकेको छ ।
यसै शिलशिलामा सञ्चारकर्मी समेत रहेकी गायिका योजना पुरीको तीज गीत ‘सपक्कै सारी’ सार्वजनिक भएको छ । यस अघि विभिन्न गीतमा स्वर दिएकी योजनाले महिलाहरुको महान चाड तीजलाई लक्षित गरेर गीत सार्वजनिक गरेको बताईन् ।
उक्त गीतमा कलम सरगमको शब्द रहेको छ भने एकनारायण भण्डारीको लय सिर्जना रहेको छ ।
यसपालीको गीतले आम महिलाको भावना समेटेको भनाई राख्ने योजनाले आफ्नो गीत आम दिदी बहिनीलाई मन पर्ने बताईन् ।
गीत जस्तै भिडियो पनि आकर्षक बनेको गायिका पुरीको दाबी रहेको छ ।
स्मृती तिमल्सेनाको निर्देशन रहेको भिडियोमा दिक्पाल कार्की र जान्वी बोहोराले अभिनय गरेका छन् ।
हुन त तीज को आगमन संगै गायक तथा गायिकाहरु तीज गीत को अडियो तथा भिडियो बजारमा ल्याउन तछाड र मछाड गर्दै लागि परिरहेको तपाईं हामी माझ सर्बबिधित नै छ । यस्तो अवस्थामा योजनाको गीतले श्रोता तथा दर्शक को मन जित्न कत्तिको सफल हुनेछ त्यो भने हेर्न बाँकी नै छ । शुभकामना छ योजनालाई …






