सिड्नी । नेपाली कथानक चलचित्र “चित्रा” अब प्राईम भिडियोमा सार्वजनिक भएको छ । लकडाउनको समयमा छायांकन गरिएको चलचित्र हालै मात्रै प्राईम भिडियोमा सार्वजनिक भएको हो ।

अष्ट्रेलियामा रहेर नेपाली कला संस्कृति बचाउने उद्देश्यसहित विभिन्न विधामा क्रियाशिल सन्तोष अधिकारीको निर्माण तथा आफै अभिनित उक्त चलचित्र बारेमा उनले विभिन्न अनलाइनहरुमा अन्तर्वाता दिँदै बताएका छन् । चलचित्र नेपालको विभिन्न भागमा छायांकन गरिएको हो । पारिवारिक विषयवस्तुमा आधारित चलचित्र “चित्रा” बाबुछोरीको कथा भएको उनको भनाई छ ।

चलचित्र नेपाली भर्सन एमएसएनमा पनि हेर्न मिल्ने छ भने चलचित्रमा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भूमिका रहेको छ । “चित्रा” एसाप इन्टरटेन्मेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा चलचित्र निर्माण भएको हो । चलचित्र राम्रो बनेको भएपनि खास प्रतिक्रिया दर्शककै प्रतिक्षामा रहेको अधिकारीले बताए ।






