रास्वपा यूके पवन शर्मा नेतृत्वको नयाँ कार्यसमितिमा को-को आए ?

लण्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग युकेको नयाँ कार्यसमिति चयन गरिएको छ।

प्रथम अधिवेशनको साधारणसभामार्फत पवन शर्मा
नेतृत्वमा आएका छन्।

सोमबार (अप्रिल २८) लेस्टरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको उपस्थितिमा नयाँ कार्यसमिति चयन गरिएको हो।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग युकेको उपाध्यक्षमा कोलेश्वर ढकाल, महामन्त्री कृष्ण लुइँटेल, सह-महामन्त्रीमा रमेश बेलबासे र कोषाध्यक्ष बाबुराम न्यौपाने चयन भएका छन् । सदस्यहरूमा हरिहर भट्टराई, आदर्श श्रेष्ठ, धन गुरुङ, दिनेश खरेल, खीमलाल गौतम, मञ्जु डुम्रे, पार्वती कडेल, राजु सापकोटा, रामप्रसाद सुवेदी, ऋषि कडरिया, सौरभ ओझा, शिवराज आचार्य, शुभाष चौलागाईं, तुल कार्की र गोमा पौडेललाई चयन गरिएको छ।

कार्यक्रम प्रवास विभागका प्रवक्ता विष्णु चालिसेको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन महामन्त्री राजु कँडेलले गरेका थिए।

निर्वाचन समितिमा डा. मिलन ज्ञवाली तथा डा. प्रकाश पाण्डे र पंकज अर्याल सदस्य रहेका थिए।

डा वाग्लेले रास्वपा प्रवास सम्पर्क विभाग यूकेको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै के भने (भिडियो हेर्नुस)