साउथ वेष्ट कम्युनिटी तीज मेला भव्य रुपमा सम्पन्न

साउथ वेष्ट नेपलिज कम्युनिटीका अध्यक्ष चतुर्भज खरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष बाबुराम गौतमको स्वागत मन्तव्य रहेको थियो भने औपचारिक कार्यक्रमको सञ्चालन महासचिव प्रकाश पौडेलले गरेका थिए । कार्यक्रममा लेपिंटनका पार्लामेन्ट सदस्य न्याथान हगेटीले बढ्दै गएको समुदायकाबीच यस कम्युनिटीले गरेको काम निकै प्रशसंनीय रहेका बताए । लिभरपुल काउन्सिलका मेयर नेडले  नेपाली संस्कृतीहरुको समिश्रण सहितको चाडपर्व तथा रितिरिवाजहरुलाई मुख्यत कम्युनिटीले प्रवद्र्धन गर्दै आएको भन्दै त्यसलाई लिभरपुलले पनि महत्वका साथ हेरेको बताए । डेप्यूटी मेयर फिओनाले नेपालको संस्कृती हेर्न पाउँदा खुसी लागेको वताइन । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले तीज पर्व सहित नजिकिँदै गरेका नेपालीहरुका पर्वहरुको शुभकामना व्यक्त गरे ।उनले तीज पर्वले सजाएको रंगहरुजस्तै नेपालीहरुको जीवन पनि रंगिन बनेको बताए । अजि फाईनान्स एण्ड होम लोनका विष्णु हमालले कार्यक्रमलाई प्रायोजन गर्न लाउँदा खुसी लागेको भन्दै यस्तै कार्यक्रममा आफ्नो कम्पनीले सहयोग गर्दै जाने बताए । महावाणिज्यदूत सञ्जिव शर्माले सबै समुदायलाई समेटेर अगाडी लैजाने बताए । उनले कम्युनिटीले गरेको कार्यक्रम महत्वपूर्ण रहेको बताए । कार्यक्रमको संयोजन प्रेम शाहले गरेका थिए । कार्यक्रममा  एनआरएनए अस्ट्रेलिया पूर्व अध्यक्ष  नन्द गुरुङ, न्यू साउथ वेल्स राज्यका पूर्व संयोजक देव गुरुङ, समाजसेवी मोहन भट्ट, साउथ वेष्ट नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष सुदीप ढकाल,प्रवक्ता चन्द्र ढकाल, पब्लिक अफिसर ईश्वरी खनाल,सचिव कमल प्रसाद भण्डारी,कोषाध्यक्ष हेमा भण्डारी,सदस्य पुनम भुषाल, महिला संयोजक चन्दना पौड्याल,  सल्लाहकारहरु मेघराज पौड्याल, कृष्ण गैरे, नगेन्द्र अधिकारी र देव गुरुङ लगायतको उपस्थिति रहेको थियो भने औपचारिक कार्यक्रम पछि सुरु भएको सांस्कृतिक तथा सांगीतिक कार्यक्रमको संचालन रमाकान्त न्यौपाने र उषा किरण बरियाले संयुक्त रुपमा गरेका थिए ।