एमाओदी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ८ मा संविधान जारी गर्न नसकिने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले विशेष साक्षात्कार कार्यक्रममा अध्यक्ष प्रचण्डले केही महिना थपेर संविधान ल्याउनुपर्ने बताएका हुन् ।
दलहरुबीच सहमतिको सम्भावना नरहेको बताउँदै अध्यक्ष प्रचण्डले माघ ८ को समय घर्किसकेको उल्लेख गरे । ‘कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले संविधान निर्माणमा आफूलाई दाता र अरुलाई भिखारी जस्तो गर्दैछन्’, प्रचण्डले गुनासो गरे, ‘दुई तिहाईले पेलेर संविधान बनाउने सोचेको भए त्यो सम्भव छैन र जनताले साथ दिँदैनन ।’
संविधानसभालाई संसद बनाउन ओली र कोइराला लागेको बताउँदै प्रचण्डले पुनः उनीहरु दुबैले संविधान निर्माणमा आफूलाई दाता र अरुलाई भिखारी ठानेको दोहोर्याए । ‘सुशीलजी र केपीजी संघीयता र शान्ति प्रक्रियाको विरोधी हुन, उनीहरुले अन्तिम समयमा गोहीको आँसु चुहाउँदै सहमति भाँड्न नौ बुँदे पेस गरे’, प्रचण्डले भने, ‘यो तरिका ठीक होइन, यसरी संविधान आउँदैन






