तम्घास (गुल्मी), ४ पुस । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले मधेसकेन्द्रित दलको सर्त मानेर सरकारले मधेसमा गएर वार्ता नगर्ने बताउनुभएको छ ।
एमाले प्रचार विभाग गुल्मीले आज तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “वार्ता गर्न सरकार मधेसमा जान हुँदैन भन्ने होइन, तर मधेसवादी दलको यो सर्त उनीहरुको भावुक कुरा मात्र हो, जुन स्वीकार्य छैन ।”
तराई–मधेस आन्दोलन सामाजिक द्वेष भड्काउने, राष्ट्रिय एकतालाई कमजोर गर्ने र अतिवादी तत्व हाबी हुने खालको भएको बताउँदै नेता ज्ञवालीले मधेसकेन्द्रित दलले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिनुभयो ।
आफँैले निर्माण गरेको सङ्कटमा मधेसीवादी दल आफैँ फस्दै गएको बताउँदै उहाँले समयमै यसको समाधानको बाटामा नगए आन्दोलन नियन्त्रण बाहिर गई अतिवादीको कब्जामा जान सक्ने खतरा बढेको औँल्याउनुभयो । रासस
सरकारले मधेसमा गएर मधेसी मोर्चासँग वार्ता नगर्ने






