सिड्नी । नेपाली काँग्रेसको प्रवास स्थित भातृ संस्था जनसम्पर्क समिति अष्टेलिया एनएसडब्ल्यूले पार्टीका केन्द्रीय सह-महामन्त्री भिष्मराज आङदेम्बेसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अस्ट्रेलिया भ्रमणमा रहेका आङदेम्बेसंग २३ मार्च शनिबार सिड्नीको रकडेलमा एक कार्यक्रमको आयोजना गरि भेटघाट तथा अन्तरक्रिया गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका आङ्दाम्बेले देशमा लगानी गर्ने वातावरण नभएको भन्दै गैरआवासीय नेपाली नागरिकहरुको लगानी भित्र्याउने वातावरण बनाउन राजनैतिक दलहरु र सरकारको नेतृत्व गर्नेहरु गम्भीर बन्नुपर्ने बताए ।

उनले नेपालमा कुनै पनि दलको स्पष्ट बहुमत नआउँदा गठबन्धन गर्ने परिपाटी रहेको भन्दै गठबन्धनले राष्ट्रिय समस्याको गाँठो नफुकाएको स्पष्ट पारे । आगामी राजनैतिक यात्रा दलहरूका बिचमा गठबन्धन नगरि आ-आफ्नै बलमा अगाडी बड्नु पर्नेमा उनले जोड दिए । कार्यक्रममा जनसम्पर्क समितिका नेता राजकुमार अधिकारीले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सुरेश नरसिंह गुरूङले सबैलाई एकजुट संगै मिलाएर संगठनलाई अगाडी बडाउने भन्दै ,पार्टीका केन्द्रीय नेता एवम् समकक्षी साथिहरूको साथ र सहयोगको अपेक्षा समेत गरेका थिए ।
एनएसडब्ल्यू राज्य समितिका अध्यक्ष शितल खांण गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टी सम्बद्ध जनसम्पर्क समितिहरुलाई वैचारिक रूपमा प्रशिक्षित गर्दै सक्रिय बनाउनु पर्ने गिरीले बताए । जनसम्पर्क समिति अष्टेलियाका महामन्त्री रोहित खड्का ,एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष नन्दु गुरूङ ,एनएडिएफका अध्यक्ष भिष्म भण्डारी ,निरज सिटौला, तिर्थ खनाल, सुनिल बिष्ट, शेरजंङ्ग गुरूङ, कमल खत्री, किसन गुरूङ, आशिष अधिकारी ,कुवेर जंग ठकुरी लगायतको उपस्थिति रहेको उक्त कार्यक्रम जनसम्पर्क समिति अष्टेलियाका महामन्त्री समित केसीले सञ्चालन गरेका थिए ।