एन्जाको अध्यक्ष पद हस्तान्तरण फोटो फिचर सहित

तक्दीर अधिकारी
सिड्नी । नेपाल पत्रकार महासंघ अस्ट्रेलिया शाखा (एन्जा) को अध्यक्ष पद हस्तान्तरण भएको छ ।  एन्जाको प्रथम साधारणसभामा अध्यक्ष पद काफ्ले र आचार्यले एक–एक वर्ष नेतृत्व लिने सहमति भएको थियो , पूर्वसहमतिअनुसार अध्यक्ष काफ्लेले सहअध्यक्ष आचार्यलाई बाँकी कार्य कालको लागि पद हस्तान्तरण गरेका हुन् । सस्थापक अध्यक्ष हेमन्त काफ्ले सहअध्यक्ष ऋषि आचार्यलाई अध्यक्ष पद हस्तान्तरण गरे पछी एन्जाको सम्रक्षक रहेका छन । 

सिड्नीको म्यारिल्यान्ड मा शनिबार आयोजित एन्जाको साधारणसभामा अस्ट्रेलियामा लामो समयदेखि सञ्चार क्षेत्र योगदान दिएका  हिमालय रेडियोमा कार्यरत सञ्चारकर्मी टीका कार्की र अर्का सञ्चारकर्मी राजु मानन्धरकी आमा गणेश देवी मानन्धरको निधनमा एक मिनेट मौनधारण गरेर कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रम एन्जाका महासचिव चिरञ्जीवी देवकोटाले सञ्चालन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल  र विशेष अतिथि नेपाली समाजका अगुवा इन्द्रा वन र डा. नारायण प्रधान थिए । अतिथिहरुमा न्यू साउथ वेल्स महावाणिज्यदूत दीपक खड्का, गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष मन केसी, एनआरएनए अस्ट्रेलिया महासचिव डा. ज्ञानेन्द्र रेग्मी, प्रबक्ता नन्द गुरुङ, एनआरएनए अस्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स सम्योजक देव गुरुङ, ग्लोबल झापाली समाज पूर्वअध्यक्ष दिनेश पोख्रेल लगायत रहेका थिए ।

कार्यक्रममा राजदूत दाहालले हाँसिहाँसी नेतृत्व हस्तान्तण गरेर एन्जाले उदाहरणीय कार्य गरेको बताए । अस्ट्रेलियाको नेपाली पत्रकारहरुको वृत्ति विकासमा दुतावास सहयोग गर्न दूतावास तयार रहेको उनले बताए । कार्यक्रममा एनआरएनएका पूर्वध्यक्ष सुरेन्द्र सिग्देलले सौहाद्रपूर्ण वातावरणमा पद हस्तान्तरण गरेर उदाहरणीय काम भएको बताएका थिए । यद्दपि कार्यकाल नबाँडेको भए राम्रो हुने निष्कर्ष उनको थियो ।

कार्यक्रमको दोस्रो चरणमा राजदूत दाहालको रोहबरमा एन्जा अध्यक्ष काफ्लेले माइन्युटसहित पदभार हस्तान्तरण गरेका थिए ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष मन केसी, एनआरएनए अस्ट्रेलिया महासचिव डा. ज्ञानेन्द्र रेग्मी, एनआरएनएअभियान्ता भवानी ओली, पूर्वआरसी धर्मराज अधिकारी, एनआरएनए अस्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स सम्योजक देव गुरुङ, एनआरएनए अस्ट्रेलिया कोषाध्यक्ष अनिल पोख्रेल, नारी निकुञ्ज संयोजक सन्ध्या साह, जनसंपर्क समिति अष्ट्रेलिया सस्थापक अध्यक्ष दिनेशराज जोशी,  चितवन समाज अस्ट्रेलियाका अध्यक्ष पूर्णनाथ घिमिरेले , निम्फा अध्यक्ष अरुण तामाङ, एन्जाका सल्लाहकार तथा कानुन व्यवसायी शमशेरसिंह थापा लगायतले स्वागत मन्तव्य दिएका थिए  । एन्जा कोषाध्यक्ष कृष्ण तिवारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम कार्यसमिति सदस्य प्रकाश हुमागाईंले सहभागीलाई धन्यवाद दिदै अध्यक्षको आदेशमा कार्यक्रम बिसर्जन गरेका थिए ।