प्रवासी नेपाली मंच यूकेले लेस्टरमा साँस्कृतिक शुभकामना साँझ गर्दै,

लण्डन । प्रवासी नेपाली मंच (ओएनअफ) युकेले दशैं-तिहार, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा शुभकामना साँस्कृतिक साँझ गर्ने भएको छ । अक्टोबर २ तारिक सोमबारका दिन लेस्टरमा शुभकामना साँस्कृतिक साँझ हुने भएको हो ।

उक्त साँस्कृतिक साँझमा वरिष्ठ जनवादी गायक जीवन शर्मा लोक तथा दोहोरी गायक राजु परियार,गायिका शिला आले र पूर्णकला बि.सी लगाएतको सांगीतिक प्रस्तुति रहने प्रवासी नेपाली मंच युके गोर्खा मामिला तथा संघ सस्था समन्वय बिभागका प्रमुख पशुपति पोखरेलले लण्डन नेपाल न्युजलाई बताए ।कार्यक्रमममा बेलायतको मिडल्यान्ड क्षेत्रबाट एनआरएन मा प्रतिनिधित्व गर्नुहुनेलाई सम्मान कार्यक्रम समेत राखिएको राखिएको पोखरेलले बताए ।

विभिन्न ठाउमा रहेका नेपालीहरुलाइ यस्ता किसिमका नेपाली चाडपर्वहरुले नेपाली हरुको बिचको सद्भाव कायम रहने र सबै नेपालीलाइ एकतामा जोड्न मद्धत गर्ने हुदा यस्तो किसिमको कार्यक्रम गर्न लागिएको अध्यक्ष तुङ्गभद्र भुसालले बताए ।

कार्यक्रमलाइ केहि भिन्न बनाउन प्रमुख अतिथि तथा बिशिस्ट अतिथिहरु नाखिएको जानाकारि दिदै पोखरेलले भने ” कार्यक्रमको मुख्य उद्देश्य चाडपर्व लक्षित शुभकामना र नितान्त सास्कृतिक कार्यक्रम भएको हुदा  भाषण भने राखिएको छैन ।”कार्यक्रम अक्टोबर २ तारिक सोमबारका दिन द जंगल क्लब २१ चेकिड्स रोड लेस्टरमा हुने र प्रवेश नि:शुल्क रहेको पोखरेल बताए ।

प्रवेश निशुल्क रहेको कार्यक्रममा सहभागिता भइदिन सबैलाई अनुरोध गरिएको छ ।