लन्डन आइपुगे मेचीनगर पालिका मेयर सहितको टोली, फोक्स्टन र मेचीनगर बीच भगिनी सम्बन्ध स्थापना गरिँदै

शिव भण्डारी,

लण्डन । नेपालको झापा जिल्ला स्थित मेचीनगर नगरपालिकाका नगरप्रमुख, उपप्रमुख सहितको टोली लण्डन आईपुगेको छ । बेलायतका नेपाली पहिलो काउन्सिलर धन गुरुङको नेतृत्वमा बेलायतको फोक्स्टन सिटी र मेचीनगर नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्न उनीहरु लण्डन आईपुगेका हुन् ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपमेयर मिना कुमारी पोखरेल, गोरखा मेमोरीयल फाउण्डेसन नेपालका अध्यक्ष गङ्गालाल गुरुङ, ट्वीन्ड प्रोजेक्ट नेपालका सचिव जगत गुरुङ कार्यक्रम संयोजक कुमारी गुरुङ श्रेष्ठ, कल्चरल एक्सचेन्ज अध्यक्ष मेनुका मैनाली लगायत लण्डन आईपुगेका हुन् ।

लण्डनको हेथ्रो विमानस्थलमा अवतरण गरेका उनीहरुको स्वागतार्थ पूर्व काउन्सिलर गुरुङ सहित, केन्ट काउन्टि काउन्सिलर मेयर जेकि मिट, फोक्स्टन नेप्लिज कम्युनिटिका अध्यक्ष झपिन्द्र थापा, झापा समाज युकेका प्रतिनिधि विवेक मेचे, शुरज मेचे, रेशु फ्याक, सुर्य गुरुङ्ग, भक्ति कुमार आङ्देम्बे लगायतको टोली पुगेको थियोे ।

गुरुङको गृहनगर झापाको मेची नगरपालिकाका र बेलायतको उक्त फोक्स्टन सिटीबीच मितेरी सम्बन्ध सहित फोक्स्टन सहरमा आयोजित विभिन्न कार्यक्रममा उनीहरु सहभागी हुनेछन् । भगिनी सम्बन्धका लागि उनीहरुबीच गोर्खा मेमोरीयलको ९ औँ बार्षिकोत्सवको अवसरमा अक्टोबर १ तारिख केन्ट काउन्टी काउन्सिलर ज्याकी मी, फोकस्टोन नेपाली समुदायका अध्यक्ष झपिन्द्र थापा लगायतको उपस्थितिमा समन्वयात्मक बैठक हुनेछ ।

बेलायतको राजनीतीक ईतिहासमा पहिलो नेपाली काउन्सीलर बनेका गायक तथा संगीतकार धन किरन गुरूगले लन्डन नेपाल न्युज डट कम सँग कुरा गर्दै भने, दुई नगरबीचको सम्बन्धले आत्मियता बढ्ने, विकासका मोडल आदानप्रदान हुने र मित्रता अवृद्धि हुने बताए ।नगर प्रमुखहरु आएपछि दुवै शहरबीच सम्बन्ध स्थापित भई भगिनी सम्बन्ध कायम गर्न सहयोग पुग्ने जनाइएको छ । दुवै नगरका अधिकारीबीचको भ्रमण यसपछि बढ्दै जाने सम्झौतासमेत भएको उनले सुनाए ।

कसले के भने पुरा भिडियो हेर्नुस: