लन्डन । तमु धिं लन्डन इकाईले १६ औं वार्षिकोत्सव मनाएको छ ।इकाईका अध्यक्ष बिष्णु गुरुङको अध्यक्षतमा शुक्रबार विशेष कार्यक्रमको आयोजना गर्दै १६ औं वार्षिकोत्सव मनाएको हो।
कार्यक्रममा तमु धिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, प्रमुख संरक्षक खुशीमान गुरुङ,काउन्सिलर तथा पूर्वउपमेयर लक्ष्यबहादुर गुरुङ लगायतले शुभकामना दिएका थिए ।
यस्तै इकाईका ट्र्ष्टिज तथा चारभन्ज्याङ तमु समाज यूकेका संस्थापक अध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङ बीईएम, ट्रष्टिज क्या.रि.प्रेमबहादुर गुरुङ, ट्रष्टिज एवं पूर्वअध्यक्ष डेबिड गुरुङ, ट्रष्टिज एवं तमु धिं यूकेका कोषाध्यक्ष दिलमाया गुरुङ, चारभन्ज्याड तमु समाज यूकेका अध्यक्ष बेनकुमार गुरुङ, इकाई आमा समूह अध्यक्ष श्रीमती कमला गुरुङ, उपाध्यक्ष देवकला गुरुङ, उपाध्यक्ष बिनु गुरुङ, ललितमान गुरुङ, भरत गुरुङ, मिडिया सचिव सुशील गुरुङ लगायत ३८ जना पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा शुभकामना सन्देश दिदै ट्रष्टिज एवं पूर्व अध्यक्ष डेबिड गुरुङले आफ्नो दायित्व निर्वाह गर्दै संस्थामा कार्यरत सबैको खुशीका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताए।
औपचारिक कार्यक्रमको सन्चालन समाजका महासचिव रक गुरुङले गरेका थिए ।







