सिड्नी । नेपाली काँग्रेसको प्रवास स्थित भातृ संस्था नेपाली जनसम्पर्क समिति न्यू साउथ वेल्स राज्य परिषदले विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुका प्रमुख महत्वपूर्ण चाडपर्वहरु नजिकिँदै गर्दा समितिले अक्टोबर १ तारिख सिड्नी रकडेल पार्कमा कार्यक्रम सम्पन्न गरेको हो । चाडपर्वहरुलाई आपसी सद्भाव र भातृत्व कायम गर्दै भेटघाट, जमघट र विचारहरु आदान प्रदान गर्ने उद्धेश्य सहित कार्यक्रम गरिएको आयोजकको भनाई छ ।

दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन भएको कार्यक्रममा उपस्थित अतिथिहरुले एकआपसमा शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा नेपाली जनसम्पर्क समिति न्यू साउथ वेल्सका उपाध्यक्ष सक्षम सुवेदीको स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित दर्शकहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा एनआरएनए रिजनल कोअर्डिनेटर दिनेशराज जोशी,एनआरएनए पूर्व महासचिव डा. ज्ञानेन्द्र रेग्मी, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, जनसम्पर्क समिति अस्ट्रेलियाका पूर्व अध्यक्ष कृष्ण गिरी, एनआरएनए न्यू साउथ वेल्स युवा संयोजक अनन्त गुरुङ झापाली समाजका अध्यक्ष निरज प्रसाई, काठमाण्डौ युवा क्लवका अध्यक्ष पासाङ शेर्पा, नयाँका सचिव सत्य प्रकाश कंडेल, एनएडिएफ अध्यक्ष भिष्म भण्डारी, लगायतले बोल्दै शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले भर्खरै सम्पन्न भएको एनआरएनएको निर्वाचन सकिएको भन्दै सबैले जनसम्पर्क समितिको हीतमा हुने गरी काम गर्नुपर्ने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाका वर्तमान अध्यक्ष सुरेश गुरुङले एनआरएनए निर्वाचनमा भएका तिता मिठा पलहरुलाई भुलेर सबै एकजुट भएर अगाडी बढ्नुपर्ने आवश्यकता औँल्याए।
त्यस्तै जनसम्पर्क समिति न्यू साउथ वेल्सका अध्यक्ष शितल खाँडले एनआरएनए तथा जनसम्पर्क समिति युवाहरुको चाहना अनुसार अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति अस्ट्रेलिया उपाध्यक्ष इथान शाक्य, अन्तर्राष्ट्रिय झापाली समाज पूर्व अध्यक्ष दिनेश पोख्रेल , एनआरएनए निवर्तमान अस्ट्रेलिया अध्यक्ष नन्द गुरुङ , पूर्व युवा संयोजक इर्शाद आहमद, चितवन समाजका पूर्वअध्यक्ष बुद्धि डल्लाकोटी, पूणर्नाथ घिमिरे, एनआरएनए एससिसी ट्रेजरर सन्दिप अधिकारी, नेपाली जनसम्पर्क समिति अस्ट्रेलिया केन्द्रिय सदस्य द्वारीका दबाडी, एनआरएनएका कोषाध्यक्ष अर्जुन गौतम,एभरेष्ट बुचरीका म्याक्स प्रसाई, एडमेन्सन पार्क नेपाली समाज बाट रञ्जित राज वन्त लगायत बिभिन्न समाजका प्रतिनिधि हरुको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रम नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका महामन्त्री प्रखरवक्ता समित के.सीले सन्चालन गरेका थिए 