एनआरएनए महासचिवमा आर.के.त्रिपाठी चुनाबी मैदानमा बलियो उम्मेदवार भन्दै गरे यस्तो अपिल:

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) २३ -२५ कार्यकालका लागि बेलायत स्थित नेपाली समुदायका अब्बल राजकुमार (आर.के.) त्रिपाठीले महासचिव पदमा आफू शसक्त उम्मेदवार भएको दाबी गरेका छन् ।

बेलायतको नेपाली  समुदायमा सामाजिक अभियन्ता त्रिपाठीले सक्षम, समावेशी र साझा एनआरएनए निर्माण हाम्रो अभियान’ नारासहित उम्मेदवारी दिने घोषणा गरेका हुन्

गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका पूर्व महासचिव रहंदा उनले गरेका प्रशंसनीय कामले त्रिपाठीलाई महासचिवमा उम्मेद्वारी समर्थन जनाउँदै शुभकामना  व्यक्त गरेको बताए हुन् ।

बेलायतमा पेशाले सिनियर इन्जिनियर समेत रहेका त्रिपाठी काँग्रेसको जनसम्पर्क समिति यूकेका पूर्व महामन्त्री हुन् ।

नेपाली काँग्रेसको अन्तराष्ट्रिय संबन्ध तथा बिदेश निती बिज्ञ समेत उनी नेपाली डायस्पोराका बौद्धिक व्यक्तित्व मानिन्छन।

यस्तो छ आर के त्रिपाठीको अपिल :

NRNA ICC को महासचिब पदमा म आर के त्रिपाठीले उमेदवारी दिएको छु। म NRN हितमा काम गर्नेछु।२०० बुँदा लामो पुरा गर्न नसकिने यो गर्छु,उ गर्छु पनि भन्दिन।

तपाईंका सामु जे जे समस्या र गर्नु पर्ने काम छन्, त्यो चाहिं आवाज उठाउने र पूरा गर्ने प्रयत्न इमान्दारिता साथ गर्नेछु।

आकाश झार्नेछु,पातल फोर्नेछु पनि भन्दिन ।  मतदाताले  NRNA ICC को चुनाबमा महासचिब पदमा मलाई बालेन शाह र हर्क साङ्गपाङ्ग लाई जस्तै मत दिई विजय गराउनेछन् भन्ने मलाई विश्वास छ।

म तपाईंहरु प्रति इमान्दार हुनेछु। यदि चुनाबमा विजय भईन भने पनि NRN हक,हितमा बोलिरहने छु।लेखि रहनेछु।काम गरि नै रहनेछु। 

सबल मान्छे नेतृत्वमा ल्याउने यो उपयुक्त मौका हो।मैले १५ बर्ष लगातार NRNA मा रहि NRN को लागी काम गरें।मलाई विश्वास गर्नुहोस।मतदान गर्नुहोस।म प्रमाणीत गर्नेछु। यो पटक मलाई मतदान गरि सबै लाई चकित बनाई दिनुहोला।