सिड्नी । हिन्दु समाज अस्ट्रेलियाको तीज महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । सेप्टेम्बर १८ सोमबार सिड्नी बरुवुड पार्कमा आयोजित कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन भएको थियो । बिहान, दिउँसो र बेलुकी ३ पटक आरती गरिएको थियो ।

बिहानको आरतीबाट सुरु भएको कार्यक्रम केही समय सांगीतिक कार्यक्रम सहित औपचारिक कार्यक्रम प्रतिज्ञा अधिकारीले सञ्चालन गरेकी थिईन् भने सांस्कृतिक कार्यक्रम उशा किरण बारीया ले सञ्चालन गरेकी थिईन् । कार्यक्रममा बोल्दै न्यू साउथ वेल्स राज्यका अवैतानिक महावाणिज्यदूत दिपक खड्काले तीज कार्यक्रम निकै सभ्य र भव्य भएको भन्दै पुरानो संस्कृति र पुराना परम्पराले विदेशमा रहेका नेपालीहरुलाई एउटै मालामा गाँसेको बताए । बरुवुड काउन्सिलका मेयर जोन फेकरले बरुवुड बहुभाषिक, बहुसांस्कृतिक र विविधतापूर्ण भएको भन्दै सबै समुदायका व्यक्तिहरुको उपस्थिति र बहुसंस्कृति देख्दा खुसी लागेको बताए । उनले नेपाली समुदायसंग सहकार्य गरेर अगाडी बढ्न तैयार रहेको बताए ।

नेपालबाट आएका अतिथि कलाकार गौरी मल्ल र कोमल वलीले लोकप्रिय गीतहरु प्रस्तुत गर्दै दर्शकहरुलाई नचाएका थिए । साथै स्थानीय कलाकारहरु जेनिशा गौतम, श्रेया ज्ञवाली लगायतले आफ्नो प्रस्तुति दिएका थिए । हिन्दु समाज अस्ट्रेलियाकी अध्यक्ष लक्ष्मी बास्ताकोटीले शुभकामना तथा धन्यवाद मन्तव्य राख्दै हिन्दु समाज अस्ट्रेलियाले नेपालीहरुको संस्कार र रितिरिवाजलाई अगाडी बढाउने यो कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्दै आईरहेको भन्दै कार्यक्रम झन पनि झन भव्य बन्दै गएको बताईन् । 

कार्यक्रममा हिन्दु समाज अस्ट्रेलियाका पण्डित प्रकाश ढोडारीले मन्त्रोच्चारण गरेर सन्ध्याकालिन आरती शुभारम्भ गरेका थिए । पुजाआजा सहित बेलुकी ६ः३० बजे कार्यक्रम सम्पन्न भएको थियो । अस्ट्रेलियामा रहेका दर्जनौँ नेपाली संघ संस्थाहरुले कार्यक्रमको प्रायोजन गरेका थिए ।









