कतार प्रकरणः फिलिपिन्सले कामदार पठाउन रोक्यो

फिलिपिन्सले कतारमा आफ्ना कामदार पठाउन रोक लगाएको छ । श्रम स्वीकृति पाइसकेका कामदारलाई समेत कतार जान रोक लगाइएको फिलिपिन्सको श्रम मन्त्रालयले जनाएको छ ।

कतार बिदेशी कामदारका लागि सुरक्षित रहेको प्रत्याभूति नभएसम्म कामदार पठाउने प्रकृया स्थगित गरिएको फिलिपिन्सले जनाएको छ । हाल कतारमा करिव डेढ लाख फिलिपिनो कामदार कार्यरत छन् भने खाडी मुलुकहरुमा २० लाखभन्दा धेरै फिलिपिनो कार्यरत छन् ।