लण्डन । लोकगीत क्षेत्रका बादशाह चर्चित लोक तथा दोहोरी गायक राजु परियार र गायिका शिला आले बेलायत आईपुगेका छन् 
सुनगाभा ईन्टरटेन्टमेन्टको निमन्त्रणामा उनीहरु बिहिबार लण्डनको हिथ्रो विमानस्थलमा अवतरणमा भएका हुन् । विमानस्थलमा कलाकारद्वयको भव्य स्वागत एवम् सम्मान गरिएको छ ।
स्वागत कार्यक्रममा सुनगाभा ईन्टेन्टमेन्टका कार्यक्रम सयोंजक लोकनाथ अधिकारी, लमजुङ समाजका सांस्कृतिक संयोजक इन्द्रजित गुरुङ, पार्वती गुरुङ, सुन्दर बजार समाजका सल्लाहकार धन बहादुर गुरुङ, काशीदेवी गुरुङ,उपाध्यक्ष लिला गुरुङ, सुनसरी गुरुङ, लमजुङ समाजका महासचिव कुमार गुरुङ र सुनगाभा ईन्टरटेन्टमेन्टका आईटी निर्देशक लगायतको उपस्थिति रहेको थियो ।
कलाकारद्वयले सुनगाभा इन्टरेन्टमेन्ट को लोक दोहोरी धमाका २०२३ सगैं बेलायतको बिभिन्न शहरहरुमा हुने कार्यक्रममा प्रस्तुती दिनेछन् ।
हिथ्रो विमानस्थलमा उत्रिए लगत्तै लण्डन नेपाल न्यूजसंग कुराकानी गर्दै गायक राजु परियारले आफु दोश्रो पटक बेलायत आएको बताए । `लामो समयपछि लण्डन आउने अवसर मिल्यो उनले भने लण्डनमा रहनु भएका मेरा शुभचिन्तक र समर्थक सबै विभिन्न ठाउँमा हुने कार्यक्रममा सहभागी भएर सगैं रमाईलो गर्नेछौँ भन्नेमा विस्वस्त छु ।´
त्यस्तै गायिका शिला आलेले पनि बेलायतमा रहेका नेपाली लोकगीत संगीतप्रेमीहरुसंग जमघट हुने अवसर मिलेको भन्दै कार्यक्रममा उपस्थित हुन आग्रह समेत गरिन् ।
स्वागत कार्यक्रममा सुनगाभा ईन्टेन्टमेन्टका कार्यक्रम सयोंजक अधिकारीले लण्डन नेपाल न्यूज सँग भने बेलायतमा भव्य कार्यक्रम हुने जानकारी दिए । उनले तैयारी अत्यन्तै तीब्र रुपमा भईरहेको र थप जानकारीका लागि उल्लेखित नम्बरहरुमा सम्पर्क गर्न अनुरोध गरेका छन् । 07515 943712












