सिड्नी । गैरआवासीय नेपाली सघं अष्ट्रेलिया (एनआरएनए) को निर्वाचन नजिकिए सगैं सदस्य र मतदाता सम्बन्धी व्यवस्थालाई कडाई गरेको जनाइको छ ।निर्वाचन गर्नको निम्ती गठित निर्वाचत आयोगले फर्जी मतदाताहरुको संख्या कम गर्ने ध्येयका साथ उक्त निर्णय लिइएको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त टोनु घोतानेले विहिबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएका हुन् । उनले भने, ‘एकै व्यक्तिले धेरै जनाको सदस्यताको निम्ती एकै कार्ड प्रयोग गरी आवेदन दिइएको पाइए , यसरी मतदाताहरु प्रभाव पार्नेगरी एकै ‘कार्डबाट पेमेन्ट’ भएका पहिला तीनजना बाहेक बाँकीको सदस्यता मान्यता हुने छैन ।’
अहिले अस्ट्रेलियामा चुनाव नजिकिँदै गर्दा सदस्यताका विषयमा विभिन्न टिकाटिप्पी आईरहेको बेला घोतानेले यसबारे प्रष्ट पारेका हुन् । सदस्यताका विषयमा आ-आफ्ना किसिमबाट व्याख्या गर्ने गरेकोमा घोतानेले यसका विषयमा आधिकारिक जानकारी गराएका हुन् ।
उक्त सदस्यता पनि आगामी हप्ता भित्र टुंगो लगाउने एनआरएनएले जनाएको छ । ३ जना भन्दा बढीको पैसा एउटै व्यक्तिले तिरेको र सदस्यता लिदा बखतको फोटो मतदानको क्रममा भेरिफाई भएपश्चात मात्र मतदान गर्न पाउने बताईएको छ । सदस्यताको अन्तिम टुँगो लगाउने जिम्मा निर्वाचन आयोगलाई दिइएको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ्ले जनाए ।
एनआरएनएको सदस्यताका लागि १९ हजार १ सय २ जनाले दरखास्त दिएका थिए । जसमध्ये २ हजार ५ सय २३ जना सदस्यको सदस्यता विचाराधिन अवस्थामा रहेको छ ।






