सिड्नी । नेपाली आदिवासी जनजाति फोरम (निन्फा) अस्ट्रेलियाले बिबिक्यु तथा समाजका प्रतिनिधिहरुसगं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।२०२२ – २०२३ नयाँ कार्यसमितिको पहिलो कार्यक्रम स्वरुप २६ फेब्रुअरी आइतबार सिड्नीको एक्सवरी सिनियर सिटिजन हल क्यान्टोवरीमा उक्त कार्यक्रम गरिएको हो ।
दिउँसो २ बजेदेखि सुरु भएको अन्तरक्रिया कार्यक्रममा निन्फालाई अझै सक्रिय र जनमुखी बनाउन के गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरुले आ आफ्नो सुझाव व्यक्त गरेका थिए ।
आदिवासी संस्थालाई अन्तराष्टिय स्तरमा कसरी परिचित बनाउने र आदिवासी जनजातिहरुलाई कसरी एकताबद्ध गरेर अगाडी बढ्ने तथा अन्य संघ संस्थाहरु सगं कसरी समन्वय गर्ने भन्ने बारेमा वृहत रुपमा छलफल तथा अन्तरक्रिया हुनुका साथै सुझाव समेत सकंलन गरिएको निन्फाका अध्यक्ष सुदर्शन थापा मगरले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

कार्यक्रममा निन्फाका पूर्व अध्यक्ष गणेश तामाङ, अरुण तामाङ, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, तमु समाजका अध्यक्ष युवराज गुरुङ ,उपाध्यक्ष हिउपति गुरुङ, तामाङ सोसाईटीका अध्यक्ष सुनदोर्जे तामाङ, मगर समाज अस्ट्रेलियाका अध्यक्ष अनिल थापा मगर, छन्त्याल परिवारका बुद्धि तामाङ, गुठी अस्ट्रेलियाका उमेश नापित , किरात याक्थुङ चुम्नुङका सशी सुब्बा, किरात राई सोसाईटीका योगेन्द्र राई लगायतले नेपाली तथा नेपाली आदिवासीहरुको हकहीतका लागि कसरी अगाडी बढ्न सकिन्छ भन्ने बारेमा आफ्नो विचार व्यक्त गरेका थिए ।
निम्फाका अध्यक्ष सुदर्शन थापाले अतिथिहरुले दिएको सुझाव एवम् विचारहरुलाई ग्रहण गरी संस्था अगाडी बढ्ने तथा भावि कार्यक्रम तय गर्ने बताउँदै कार्यक्रममा उपस्थित हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
झण्डै १ सय जनाको उपस्थिति रहेको कार्यक्रमलाई निन्फाका महासविच अविरल तामाङले सञ्चालन गरेका थिए । कार्यक्रममा डी वाइ बुचरी, गोर्खा मोरग्रेज एण्ड ब्रोकर, लान्टिन रेष्टुरेण्ट,प्रपर्टी प्लस लगायतले आर्थिक सहयोग गरेका थिए ।






