डिपार्टमेन्ट ओफ होमल्याण्ड सेक्युरिटीले नेपाललाई टीपीयस सुबिधा प्रदान गरेको छ | आजै न्युयोर्क राज्यका सेनेटर चक सुमरले आफ्नो आधिकारिक वेब साइटमा प्रेस बिज्ञप्ति जारी गर्दै टीपीयस सुबिधा प्रदान गरिएको बताएका छन् |
टीपीयस सुबिधा प्राप्त भएसंगै अब अमेरिकामा बिना कागजपत्र बसोबास गरिरहेका नेपालीहरुले अस्थायी रुपमा टीपीयस सुबिधा कटौती नभएसम्मको लागि काम गरेर बस्ने सुबिधा प्राप्त गर्नेछन् | यो सुबिधाबाट करिब २० हजार नेपालीहरु लाभान्वित हुन् सक्ने छन् |
यो सुबिधाले अमेरिकामा भ्रमण भिसामा आउनेहरुले पनि देशमा फर्कने गार्हो भएको अवस्थामा यहि काम गरेर बस्ने सुबिधा प्राप्त गर्ने
छन् | भने डिपोर्टेशन अर्डरमा परेकाहरुले पनि यो स्टाटस रहुन्जेल अमेरिकामा काम गरेर बस्न पाउनेछन् | गत अप्रिल २५ मा ७.८ रेक्टर स्केलको भुकम्पबाट करिब ९ हजारको मृत्यु र हजारौ घाइते भएपछि अमेरिकामा बसोबास गर्ने नेपालीहरुको पहलमा टीपीयस सुबिधाको लागि अमेरिकी सरकार समक्ष निवेदन गरेको थियो | यसअघि निकारागुवा, होन्दुरास, हैटी लगायत देशले यो सुबिधा प्राप्त गरेका थिए |







