सिड्नी । अस्ट्रेलियामा एक नेपाली युवाको निधन भएको छ । पोखरा स्थायी घर भई विगत ९ वर्षदेखि अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आईरहेका राजु गोदारको निधन भएको हो । उनलाई मृत अवस्थामा नोभेम्बर महिनामा राज्य प्रहरीले भेटाएको थियो ।
गोदारका श्रीमती एक छोरा र एक छोरी रहेका छन् । लामो समयसम्म मृतक गोदारका परिवारसगं सम्पर्क हुन नसक्दा विगत तिन महिना देखि उनको शव प्रहरीसगैं रहेको थियो । नेपाली दुतावास क्यानबेराको पहलमा परिवारिक सम्पर्क भएर उनको दाहसंस्कार गर्ने प्रक्रिया अगाडी बढाईएपनि अर्थ अभाव भएपछि सहयोग सकंलन अभियान थालिएको छ ।
दाह्संस्कारका निम्ति आर्थिक ब्यवस्थापन पारिवारिक श्रोतबाट मात्र सम्भव भएन परिवारको अनुरोधमा दाहसंस्कारका साथै पारिवारिक सहयोगार्थ आर्थिक रकम संकलन अभियान थालिएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले जानकारी दिए ।
पोखरा समाज अस्ट्रेलियाको रोहबरमा उनको अन्तिम संस्कार अस्ट्रेलियामै गर्ने तैयारी भईरहेको छ । नेपाली संस्कार र परम्परा अनुसार उनको संस्कार गर्ने तैयारी गरिएको छ । यस दुखद परिस्थितिमा सक्दो सहयोगका लागि पोखरा समाज अस्ट्रेलियाले सबै सगं अनुरोध समेत गरेको छ ।
सहयोग का निम्ति
A/Name:
Pokhara Samaj Australia BSB: 112879
A/No: 479816289
अथवा गो फन्ड मार्फत






