प्रमोद खरेल सहित ४ जनाको उजुरीपछि बिन्दबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी पक्राउ

काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला उनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो। रेग्मीलाई नियन्त्रणमा लिएको साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले पुष्टि गरे।

साइबर अपराधको आरोपमा पक्राउ परेका उनीविरुद्ध भने म्याद थप गर्न बाँकी रहेको छ। गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो।

उनले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोप छ।

यस्तो छ विवाद ,
गायक प्रम्रोद खरेलका अनुसार उनको तेस्रो गीती एल्बम ‘प्रणय’का केही गीतमा विवाद बढेको हो। प्रणय एल्बम बिक्री वितरण तथा एल्बम प्रकाशनको लागि प्रमोदले विन्ध्यवासिनी म्युजिक कम्पनीलाई ५ वर्षको लागि सम्झौता गरेका थिए ।

प्रमोदले कम्पनीबाट १ लाख १० हजार बुझेका थिए। एल्बमको पहिलो गीतको भिडियो बनाउन कम्पनीले एक लाख दिने गरी सम्झौता भएको थियो। जसमा २ लाख बराबर प्रमोशन खर्च कम्पनीले गरिदिने शर्त राखिएको थियो। जसमा कम्पनीले गरेका खर्च गीतको आम्दानी पश्चात प्रमोदको रोयल्टीबाट कटौती गर्ने र त्यसपछि प्रमोद आम्दानीको हिस्सेदार बन्ने सहमति भएको थियो।

प्रमोदका अनुसार गीतको सबै खर्च आफूले पाउने रोयल्टीबाट असुल गरिएपछि गीतको निर्माता आफू भएको दावी छ। गीतको बाँकी खर्च र विमोचन पनि स्वयम् गरिएको छ । एल्बमको दोस्रो गीत कम्पनीले नबनाएपछि प्रमोदले नै आफै निर्माण गरे। करारमा एल्बमको सम्पुर्ण अधिकार आफुमा रहेको र करार पाँच वर्षको मात्र भएको उनले बताएका छन्।

करार सकिएपछि पनि उक्त गीतको अधिकार आफुमा रहेको भन्दै कम्पनी संचालकले आफुलाई बारम्बार दबाब दिने र विभिन्न किसिमका आरोप लगाउँदै मानहानी गरेको प्रमोदले बताएका छन्। कम्पनीले अहिलेसम्म कुनै हिसाब किताब समेत नबुझाएको प्रमोदले बताए ,आफ्नो एलबम फिर्ता माग्दा कम्पनि संचालकले गरेको व्यबहारपछि आफुले कानुनि उपचार खोजेको खरेलले बताए।