लन्डन ।साउथ ईस्ट लण्डनमा स्थापित पशुपतिनाथ मन्दिरमा शिवरात्री बिशेष पुजा आजा सहित सम्पन्न भएको छ, यसै बीच लन्डन पशुपतिनाथ मन्दिरमा शिवरात्रिकै अवसर पारेर शिवलिंग स्थापना गरिएको छ।
मन्दिर परिसरमा बिहान ८ बजे देखि नै स्थानिय नेपाली समुदायका भक्तालुहरुको घुईचो लागेको थियो ।मन्दिरमा शिवरात्रि विशेष पूजा, आरती र भजनकिर्तन लगायतका कार्यक्रम सञ्चालन गरिएको कार्यक्रममा उल्लेख्यभक्तजनहरु सहभागि भएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष दासुराम पाण्डेले जानकारी दिए।
पण्डितनिलहरी घिमिरे तथा अन्य पण्डित द्वारा पुजा प्रारम्भ पछी दिनभरी नै पुजा आजा निरन्तर संचालन गरिएको थियो।प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रि शिवको पूजा–आराधना गरी आज देशभर मनाइन्छ ।
तस्बिरमा हेरौ

















तस्बिरमा हेरौ
























