ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता संघर्ष समितिले नागरिकता निरन्तरताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

लण्डन । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता संघ“Continuation of Nepali Citizenship for British Gurkhas” (CNCBG)ले नेपाली दुताबास लण्डनमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य मार्फत गोरखा सैनिकहरुको नागरिकता निरन्तरताका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र पठाएका छन्।

ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता संघर्ष समितिले गोर्खालाई वंशजको नागरिकताबाट बन्चित गराउन नहुने भन्दै नेपाली दुताबास लण्डनमा मार्फत नागरिकता निरन्तरताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् ।

संघका कार्यवहाक अध्यक्ष दल बहादुर बुढाथोकी मगरले ज्ञापन पत्रमा उल्लेखित विषयवस्तुको बारेमा प्रष्ट पार्दै बेलायत, हङकङ, ब्रुनाई ,सिंगापुर, भारतलगायत विभिन्न देशहरुबिचको सम्बन्धको प्रमुख कडीको रुपमा रहेका गोर्खा सैनिकको योगदान विशिष्ट र अतुलनीय रहेको स्मरण गराउदै गोर्खा सैनिक राष्ट्रको पहिचान र गौरब भएको बताए । उनले गोर्खा सैनिकको संसारमा बिशिष्ट पहिचान रहेको भन्दै उनीहरुलाई एनआरएनएसंग तुलना नगर्न समेत अनुरोध गरे ।

उनले वशंजको नागरिकता स्वयम् ब्यक्तिले त्यागेको खण्डमा बाहेक राज्यले खोस्न नसक्ने अन्तराष्ट्रिय कानून र मानव अधिकारको पालन गर्न राज्यलाई अनुरोध गर्दै, सन्धि गरेर आफ्नो नागरिक विदेशी सेनामा पठाउने अनि नागरिकता खोस्नु भनेको मानव बेचबिखन सरह भएको आरोप समेत लगाए । बुढाथोकीले नेपालको नागरिकता ऐन २०६३ को दफा १० को उपदफा (१) लाई गोर्खा सैनिक र उनका परिवार को हकमा लागु हुने छैन भनी संशोधन गर्न समेत आग्रह गरे । उक्त कार्यक्रममा दुताबासका उपनियोग प्रमुख रोशन खनाल,ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता संघका महासचिव भक्त राना,प्रबक्ता पदम गाहा,उपाध्यक्ष नेत्र आले, सह-सचिव जीत घर्ति लगायतको उपस्थिति थियो।

ज्ञापनपत्र बुझेपछि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आफूले प्रधानमन्त्री ज्यू समक्ष यथासक्य छिटो पुर्‍याउने र गोर्खाहरुको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचन दिएको ब्रिटिश गोरखाको नागरिकता निरन्तरता अभियानका संयोजक थर्क राना मगरले लन्डन नेपाल न्यूज लाई बताए ।

हेर्नुहोस् ज्ञापन पत्र: