सिड्नी । विश्व स्नुकर च्याम्पियनसिप २०२३ मा नेपाली खेलाडी शीर्ष १६ मा पुग्न सफल भएका छन् ।
अस्ट्रेलियामा फेब्रुअरी ४ तारिख देखि जारी च्याम्पियनसीपमा पाली स्नुकर खेलाडी अंकितमान श्रेष्ठ पूर्व युरोपियन च्याम्पियनलाई ४-२ ले पराजित गर्दै विश्व स्नुकर च्याम्पियनसिप २०२३ को शीर्ष १६ मा प्रवेश गर्न सफल भएका हुन् । तर उनी टप १६ बाट भने बाहिरिएका छन् । उनी टप १६ मा चाइनासगं पराजित भए ।
वल्ड स्नुकर फेडरेसन डब्ल्यूएसएफको आयोजनामा भएको उक्त च्याम्पियनसीपमा २६ देशका १५७ जना खेलाडी सहभागी भएका छन् । जसमध्ये नेपालबाट सहभागी ३ जना खेलाडी नै क्वालिफाईट राउण्डमा छनौट भएका थिए ।

मोति पाख्रिन टप ६४ र राजन लामा टप ३२ सम्म पुगेर खेलबाट बाहिरिएका थिए । सबै खेलाडीहरु विलियड स्नुकर तथा पुल सघं नेपालको तर्फबाट पहिलो पटक अस्ट्रेलियामा भएको खेलमा सहभागी भएका थिए ।
उनीहरु १ फेब्रुअरीमा अस्ट्रेलिया आएका हुन् । यो भन्दा पहिला पनि म्यानमार, कतार, बगंलादेश, चण्डीगढ लगायतका देशमा आयोजित प्रतियोगीतामा खेलाडीहरु सहभागी भएको बताईएको छ ।
विलियड स्नुकर तथा पुल सघं नेपालका अध्यक्ष स्नुकरका पूर्व खेलाडी तथा प्रशिक्षक सुरज कुमार मुल्मीले आफु २ जना खेलाडी लिएर अस्ट्रेलिया आएको र खेलाडीहरुको प्रस्तुतीबाट आफुहरु उत्साहित भएको बताए । उनले आफुहरु खेलबाट बाहिरिएपनि अन्तिमसम्म बसेर सबै खेल अवलोकन गरेर नेपाल फर्किने बताए । उनले आफ्नो कार्यकालमा स्नुकरलाई अझै उचाईमा पुर्याउन लागिपरेको भन्दै पहिलो पटक अस्ट्रेलियामा भएको च्याम्पियनसिपमा सहभागी हुन पाउनु नेपाली खेलाडीहरुका लागि पनि ठुलो अवसर भएको लण्डन नेपाल न्यूजलाई बताए ।
२०५२ सालमा स्थापना भएको विलियड स्नुकर तथा पुल सघं पहिलो पटक भारतमा २०१९ मा चण्डीगढमा आयोजित कार्यक्रममा सहभागी भएको थियो । विगत केही वर्ष यता मात्र अन्तराष्टिय खेलमा सहभागी हुन थालेका छन् ।






