कञ्चनपुर, १ असार । नेकपा (एमाले) ले झलारी पिपलाडी नगरपालिका क्षेत्रमा रहेका पार्टी सदस्यलाई अनिवार्य रुपमा शौचालय निर्माण गरी प्रयोगमा ल्याउनुपर्ने निर्णय गरेको छ । पार्टीले शौचालय प्रयोग नगर्ने सदस्यलाई पार्टीको कुनै पनि कार्यक्रममा सहभागी हुन नपाउने निर्णय गरेको हो । मङ्सिर महिनाभित्रै झलारी पिपलाडी नगरपालिकालाई खुला दिशामुक्त घोषणा गर्ने कार्यक्रममा सघाउ पु-याउनका लागि पार्टी सदस्यलाई अनिवार्य शौचालय निर्माण गरी प्रयोगमा ल्याउन भनेका छाँै, पार्टीका जिल्ला सहसचिव रणबहादुर महराले भन्नुभयो – “शौचालय निर्माण नगर्ने सदस्यलाई पार्टीका कुनै पनि गतिविधिमा सहभागी गराउँदैनौँ ।”
शौचालय निर्माणसँगै पार्टी सदस्यलाई जनचेतना फैलाई सर्वसाधारणलाई शौचालय निर्माण गर्नका लागि उत्प्रेरित गर्न परिचालन गरिएको पनि उहाँले जानकारी दिनुभयो । “पार्टीले गरेको निर्णयअनुसार शौचालय नभएका सदस्य धमाधम शौचालय निर्माणमा जुटेका छन्” – उहाँले भन्नुभयो । खुला दिसाले पर्यावरणमा असर पु-याउनुका साथै पानीजन्य रोगको सङ्क्रमण बढाउने भएकाले सबै जनाले शौचालयको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । झलारी पिपलाडी नगरपालिकामा बसोबास गर्ने झन्डै ५८ प्रतिशत बासिन्दाले मात्रै शौचालयको प्रयोग गर्दै आएका छन् । नगरपालिकाले समेत नगर र वडास्तरीय समिति गठन गरी अभियानका रुपमा शौचालय निर्माणका लागि जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।
पार्टी सदस्यले अनिवार्यरुपमा शौचालय निर्माण गर्नुपर्ने






