बेलायतमा आँखा नसालु ,रसिलो ओठ, सेक्सी हेराइ :

3(3)

रमेश दहालको शब्द, जेम्स प्रधानको संगीत रहेको गीतलाई शैलेश महर्जनको स्वर रहेको छ । शैलेशको यो पहिलो गीत हो । वेलायतको बनमाउथ, आयल अफ वेट, पोल सेन्टर लण्डन जस्ता निकै महँगो र रमणीय लोकेसनमा भिडियोको छायांकन गरिएको छ । भिडियोलाई भिन्न देखाउने उदेश्यले भिडियोमा ड्रोनको प्रयोग गरिएको छ भने पानी मुनि र समुन्द्री  बोटमा पनि छायांकन गरिएको छ । यू ट्यूबबाट केही साता अघि नै सार्वजनिक गरिएको यो भिडियो नेपाली विभिन्न संचार माध्यमबाट यसै साता सार्वजनिक गरिँदै छ ।

भिडियोमा वेलायती नेपाली समुदायमा चर्चित मोडल तथा नायिका सव्रिनाको हट अवतार देख्न सकिन्छ । ३ दिन लगाएर छायांकन गरिएको यस भिडियोलाई छायांकन, सम्पादन तथा निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । श्रेष्ठले एक दर्जनभन्दा बढी भिडियो निर्देशन गरिसकेका छन् । यस भिडियोमा कुशललाई प्राविधिक रुपमा कृष्ण सुवेदी, सूर्य मोक्तान, दिपस कार्की लगायतले साथ दिएका छन् ।