बेलायतबासी नेपालीले बनाइदिए बाढीपीडितको घर

लन्डन– गत साउनको बाढीले घरबारविहीन भएका झापा सिमलबारी ३ का टेकबहादुर दर्नालले नयाँ घर पाएका छन् ।

ब्रिटिश गोरखा नेपलिज कम्युनिटीलेले दर्नालको घर बनाइदिएको छ ।

व्रिटिस गोर्खा र नेपाली कम्युनिटीले उपलव्ध गराएको अढाई लाख रुपैयाँको लागतमा विकका लागि झापा वुद्धशान्ति गाउँपालिका ३ किनारा वस्तीमा तीन कोठे पक्की घर निर्माण गरिएको छ । नवनिर्मित घर व्रिटिस गोर्खा र नेपाली कम्युनिटीका सदस्य चूणा लिम्वुले बिहीबार बाढी पीडित विकलाई हस्तान्तरण गरे ।

कम्युनिटीले चितवनस्थित राप्ति नगरपालिका १३ की ६० वर्षीय मैया माया चेपाङको समेत घर निर्माण गरिरहेको छ । कम्युनिटीका अध्यक्ष रामबहादुर मल्लले झापाका वाढी पीडित बिक र चितवनकी मैयामाया चेपाङलाई अढाई/अढाई लाख रुपैयाँ उपलव्ध गर्ने निर्णय भएको जनाए ।

कम्युनिटीले यसअघि भूकम्प पीडितका लागि करिब ३० लाख नेपाली रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको थियो ।