सिड्नी । नेपाली वाङ्मयको श्रीवृद्धि गर्ने प्रमुख उद्धेश्य सहित स्थापित नई एकेडेमी अस्ट्रेलियामा पनि स्थापना भएको छ । सांस्कृतिक मूल्य, मान्यता र धारणालाई शिरोपर गर्दै आएको संस्थाले अस्ट्रेलियामा पनि विभिन्न उद्धेश्य राखेर स्थापना भएको छ ।
१२ डिसेम्बर २०२२ फुल्टन एभिन्यू वेंटवर्थभिलमा सम्पन्न भेलाले नइ एकेडेमी अस्ट्रेलियाको संस्थापक समितिमा ६ जना चयन गरेको छ ।जसको अध्यक्षमा सिमा रोसी, उपाध्यक्षमा सम्झना उप्रेति, महासचिवमा प्रणाव विक्रम थापा, कोषाध्यक्षहरुमा इन्दीरा भट्ट, सन्तोष सापकोटा र रनीशा गौतम थापा लगायत रहेका छन् ।
त्यस्तै सल्लाहकारहरुमा अभिनन्दन शर्मा, दिला खरेल संयोजक जेनन नेपाल, सचिवमा जेनीसा गौतम, सहायक सचिवमा यास्मीन श्रेष्ठ, लजीस्टिक व्यवस्थापनमा साजन भण्डारी लगायत सदस्यहरुमा, सन्तोष आचार्य, मनोज केसी, दिपेन्द्र भण्डारी लगायत रहेका छन् ।
नेपाली वाङ्मयको उत्थानका साथै यस विषयको अस्ट्रेलियन जनतामा समेत परिचित गराउने हेतुका अतिरिक्त नेपाल तथा अस्ट्रेलियाका विविध समुदायबीच सद्भाव बढाउनका लागि पनि नइ एकेडेमी स्थापना भएको अध्यक्ष रोसीले बताईन् । अस्ट्रेलिया अस्ट्रेलियामा भएका साहित्य, कला, संस्कृतिमा आबद्ध समस्त वाङ्मयकर्मी लाई ’नइ एकेडेमी अस्ट्रेलिया’ले संस्थामा सहभागिताका लागि आह्वान समेत गरेको छ ।
नई एकेडेमी अस्ट्रेलियाका के छन् उद्धेश्य ?
नई एकेडेमीले नेपाली भाषा,कला, संस्कृति तथा साहित्यको प्रवर्धन, संरक्षण र विकास गर्ने प्रमुख उद्धेश्य राखेको छ । त्यस्तै अस्ट्रेलियाको नेपाली समाजमा प्रचलित कला, साहित्य, सङ्गीत, संस्कृति, विज्ञान, प्रविधि, खेलकुद, सामाजिक कार्य आदि जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने नेपाली र अष्ट्रेलियाका प्रतिभाशाली व्यक्तित्वहरुको सम्मान तथा पुरस्कृत गर्ने, नेपाल र अष्ट्रेलियामा रहेका विभिन्न विधागत क्षेत्रहरुको प्रवर्धन र आदान प्रदान गर्ने उद्धेश्य रहेको एकेडेमीले जनाएको छ ।
त्यस्त्ै नेपाली कला, भाषा, साहित्य र सांस्कृतिक अभ्यासका लागि अष्ट्रेलियामा जन्मीएर हुर्कीदै गरेका बालबालिका र युवाहरु बीचमा नेपाली भेषभुषा, भाषा ,कला, साहित्यलाइ सम्बोधन गर्नका लागि जागरुक पार्ने, अस्ट्रेलियाका नेपाली समाजमा योगदान पुर्याउने विविध क्षेत्रका सम्माननीय व्यक्तित्वहरुको सम्मान गर्ने, नेपाली अष्ट्रेलियाली बहुसांस्कृतिक समुदाय भित्र बसोवास गर्ने अन्य अन्तर सांस्कृतिक समुदायहरू बीच सुमधुर सम्बन्ध प्रवर्धन गर्ने र त्यस समुदायको नेतृत्वमा रहेका चाडपर्व र कार्यक्रमहरूमा विविधता र बहुसांस्कृतिकतालाई साझा गर्न र मनाउन पहल गर्ने लगायतका उद्धेश्य राखेको अध्यक्ष रोशीले लण्डन नेपाल न्यूजलाई बताईन् ।
यसका साथै अस्ट्रेलियामा रहेका नेपाली वाङ्मय सेवीहरूको सेवा, सम्मान, हित, मर्यादा र नेपाली भाषाको अन्तर्राष्ट्रिय विस्तार गर्नु र सम्मान गर्नु ’नइ एकेडेमी अस्ट्रेलियाको अर्को महत्वपुणर् उद्देश्य रहेको उनको भनाई छ ।
नई एकेडेमीले प्रारम्भिक कामको समेत वर्गीकरण गरेर अगाडी बढेको छ । जसअन्तर्गत कम्तिमा १ वर्षमा विबिध क्षेत्रका तिन जनालाइ पुरस्कार दिने, पुस्तकालय प्रवर्द्धन गर्ने, बर्षको चार महिनाको अन्तराल पारेर नेपाली मुलका बच्चाहरुलाइ समेटेर साहित्यिक सांस्कृतिक गतिबिधिहरु गराउने, दुइ बर्षको अन्तरालमा सांस्कृतिक तथा बहु सास्कृतिक कार्यक्रम गर्ने, साहित्य, संगीत, कला जस्ता विधामा समय समयमा विभिन्न भर्चुअल गतिबिधिहरु गर्ने र नेपाली सांस्कृतिक उत्सवहरूमा सहभागिता जनाउने लगायतका कार्य गर्ने बताईएको छ ।
नेपाली वाङ्मयको श्रीवृद्धिका लागि २०५२ साल माघ १५ गते नेपालमा नइ प्रकाशनको स्थापना भएको हो । नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको नाउँका अगाडिको अक्षर जोडेर नइ प्रकाशन नामक सांस्कृतिक संस्थाको स्थापना गरिएको हो । यो संस्था नेपाली वाङ्मयप्रेमीहरूको साझा चौतारी पनि हो । नइ प्रकाशन गैरराजनितिक संस्था हो । नई प्रकाशन सामुदायिक रूपमा परिचालित गैरराजनीतिक संस्था हो । नइ प्रकाशनले नेपाली सांस्कृतिक मूल्य, मान्यता र धारणालाई सदैव शिरोपर गर्दै आएको छ ।






