लन्डन । यति नेपाली एशोसियसन यूकेको राष्ट्रिय महाधिवेसन गर्न गठित निर्वाचन समितिले निर्वाचनमा सहभागी हुन पाउने मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
निर्वाचन संयोजक उमेश मोक्तन, सदस्य सचिव आर के त्रिपाठी तथा निर्वाचन अधिकृत राजन खकुरालले यतीका अध्यक्ष ध्रुव केसीको रोहोबरमा आजीवन सदस्य तथा साधारण सदस्यता सुची सार्वजनिक गरेका हुन।
युरोपकै पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेको अधिवेशन नजिकिंदै गर्दा माहोल तातेको छ । ६० वर्ष लामो इतिहास बोकेको यतिको फेब्रुअरी ५ मा हुने २९ औँ राष्ट्रिय अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने छ ।
निर्वाचन समितिका अनुसार मतदाता नामावली उपर दावी विरोध २ फेब्रुअरी साझ ७ बजेसम्म, अन्तिम मतदाता नामावली प्रकाशन २ फेब्रुअरी साझा ९ बजेसम्म छ ।
उम्मेदवारी मनोनयन दर्ता ३ फेब्रुअरी दिउसो १२ बजे देखि ३ बजेसम्म, उम्मेदवार उपर दावी विरोध ३ फेब्रुअरी अपरान्ह ५ बजेसम्म र उम्मेदवार नामावली प्रकाशन ३ फेब्रुअरी सांझ ७ बजेसम्म तोकिएको छ ।
त्यसैगरि, उम्मेदवारी मनोनयन फिर्ता ३ फेब्रुअरी राती ९ बजेसम्म र अन्तिम उम्मेवारी नामावली प्रकाशन ४ फेब्रुअरी बिहान १० बजे गरिने छ ।
निर्वाचन समिति संयोजक उमेशराज मोक्तानले निष्पक्ष निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गर्दै यती कार्यसमितिको सहकार्य र समन्वयका लागि अनुरोध गरेका छन् ।निर्वाचन समिति सदस्य आर के त्रिपाठीले अधिवेशन सफल बनाउन सबैमा सहयोगको अनुरोध पनि गरेका छन् ।
अधिवेशन आउंदो ५ फेब्रुअरीमा ह्रारो बरो फुटबल क्लवमा हुने भएको छ ।

















