प्रतिवेदन आजै संविधानसभामा लैजाने

Senior leaders of major political parties during a meeting of the Political Dialogue and Consensus Committee (PDCC) under the Legislature Parliament chair by Dr Baburam Bhattarai held on Sunday at Singha Durbar, Kathmandu. Photo: Kumar Shrestha, RSS

काठमाडौं, २४ साउन । हिजो शनिबार मध्यरातमा सिमांकनसहित छ प्रदेशमा भएको नयाँ सहमतिबारे सिंहदरबार सम्वाद समितिमा आइतबार विहान ११ बजेदेखि नै दलहरु बैठकमा जुटेका छन् । सम्वाद समितिका सभापति बाबुराम भट्टराईको अध्यक्षतामा सुरु भएको बैठकमा अहिले विभिन्न दलका नेताहरुले बोल्ने क्रम जारी छ । छोटो छलफलपछि सम्वाद समितिले सहमतिसहितको प्रतिवेदनलाई पारित गर्नेछ । एक बजे बोलाइएको संविधानसभाको बैठक पाँच बजे सारिएको छ । सीमांकनमा असहमति जनाउने मधेशका चार र राप्रपाले नेपालले भने छलफल बहिष्कार गरेको छ ।
निरन्तरको एक साता लामो बहस र विवादपछि मुख्य चार दल शनिबार मध्यरातमा सहमतिमा पुगेका हुन् । सिमांकनमा असन्तुष्टी जनाउँदै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका विजय गच्छदारले नोट अफ डिसेन्ट लेखेका थिए। तर उनले निर्णयमा वाधक नबन्ने बताएका छन् ।
छ प्रदेश बनाउँदा बागलुङ, नवलपरासी  र रुकुमलाई मात्रै टुक्राइएको छ। अरु जिल्लालाई यथावत् राखिएको छ। टुक्राइएका जिल्लामा स्थानीय समुदायबाट विरोध सुरु भएको छ। नवलपरासीको दाउन्ने पूर्वको भागलाई एउटा प्रदेशमा र दाउन्ने पश्‍चिमको भागलाई अर्को प्रदेशमा गाभिएको छ। त्यसैगरी बागलुङको पूर्व र पश्‍चिम भागलाई अलगअलग प्रदेशमा राखिएको छ। रुकुमको पनि पूर्व र पश्‍चिमलाई दुई टुक्रा बनाइएको छ।