नेपाल म्युजिक फाउण्डेशन नेदरल्याण्ड्सले नेपाली मौलिक नृत्य प्रशिक्षण संचालन गर्दै

सिड्नी नेपाल म्युजिक फाउण्डेशन नेदरल्याण्ड्सले नेपाली मौलिक नृत्य प्रशिक्षण संचालन गर्ने भएको

प्रवासमा नेपाली कला संस्कृतिको प्रवर्दन विकास गर्ने उद्देश्यले स्थापित संस्थाले नेदरल्याण्ड्सबासी नेपाली समूदायकाबालबालिकाहरुलाई नेपाली लोकप्रिय सांगीतिक  वाद्दवादन मादल, गीतार लगायत नेपाली भाषाको कक्षा योगको साथमा Singing Bowl संचालन  गर्दै आईरहेको

यसै विचमा आफ्ना वालवालिकाहरुलाई नेपाली भाषा म्युजिक कक्षामा लिएर आउने अभिभावक वालवालिका समेतको रुची, स्वास्थ्य समेतलाई मध्येनजर गरी सोही समय स्थानमा मदन के सि डान्स स्कुलका निर्देशक मदन के सिको प्रशिक्षणमा नेपालीमौलिक नृत्य प्रशिक्षण संचालन शुरु गरिएको फाउण्डेसनकी अध्यक्ष साबु पौडेलले लण्डन नेपाल न्यूजलाई जानकारी दिईन्

सिप, स्वास्थ्य रुचीलाई मध्येनजर गरी नेपाली मौलिक नांच सिक्न चाहने सबैको लागि यो सुनौलो अवसर भएको हुँदा आफुले सिक्न आफ्ना वालबालिकालाई सिकाउन चाहने अभिभावकहरुले समयमै सम्पर्क गर्न समेत उनको अनुरोध

तोकिएको संख्या भन्दा बढीको नाम दर्ता भै पहिलो चरणको कक्षामा सबैलाई सम्मिलित गर्न नसकिएमा दोश्रो चरणको कक्षा संचालनगर्न सकिने संस्थाका महासचिव राजेन्द्र शर्माले बचाए

योग, नेपाली भाषा, मादल वा गीतार तथा नेपाली मौलिक नाच मध्ये जुनसुकै नेपाली गतिविधीमा कम्तिमा १० जनाको समूह भएमाआम्स्टर्डम बाहिरका शहरहरुमा पनि कक्षा तत्काल संचालन गर्न सकिने गरी प्रशिक्षक लगायत सम्पूर्ण व्यवस्थापकीय पक्ष तयारीअवस्थामा रहेको हुँदा आफ्ना बालबालिकाहरुलाई वा आफु स्वयंले नेपाली संगीत वा नांच सिक्न सिकाउन इच्छुक  अभिभावकहरुले सम्पर्क गरी नाम दर्ता गराउन सकिने बताईएको

संस्थाले साबु पौडेल ०६८३७१०२३९ अम्बिका गिरी ०६३९५९३७३१ मा सम्पर्क गर्न समेत अनुरोध गरेको