लण्डन । किरात राई यायोक्खा यूकेले नेपालमा चलिरहेको “किरात राई जातिको सही तथ्याङ्क सार्वजनिक गर, किरात राई जातिलाई फुटाउन पाइदैन” अभियानप्रति समर्थन जनाएको छ ।
संस्थाका अध्यक्ष चन्द्र बहादुर राई र महासचिव चन्द्रवती राईले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त मूल नारा सहित किरात राई यायोक्खा नेपालको अगुवाईमा, थापाथली काठमाडौं नेपाल स्थित रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय घेराउ तथा खबरदारी गर्ने क्रममा, किराया नेपालको ब्यानरमा प्रयोग भएको किराया बेलायतको नयाँ संगठनात्मक संरचनाको लोगो प्रति किराया बेलायतको सगौरव ध्यानाकर्षण तथा समर्थन रहेको जनाएका छन् ।
बेलायतबासी किरात राईहरु तथा किरात राई यायोक्खा बेलायतको, उत्गम स्थान नेपाल र त्यहाँका किरात राई जातिसँग गहिरो सम्बन्ध रहेको भन्दै किरायाले कुनै पनि बहानामा किरात राई जाति विभाजन हुनु वा गरिनु हुदैन भन्ने धारणा रहेको समेत जनाएका छन् ।
पढौं संस्थाले सार्वजनिक गरेको विज्ञप्तीः







