बेलायतबाट शिव परियारको स्वरमा कुशलले निर्देशन गरेको मस्ती मस्ती सार्वजनिक(भिडियो)

लण्डन ।लोकप्रिय गायक शिव परियारको स्वर रहेको नयाँ गीत ‘मस्ती मस्ती’को भिडियो बेलायतबाट सार्वजनिक गरिएको छ। ‘मस्ती मस्ती’बोलको गीतमा बिरेन्द्र पाठकको शब्द तथा बरिष्ठ संगीतकार सुनील मास्केको संगीत रहेको गीतको भिडियो बेलायतका रमणीय स्थानहरुमा छायाँकन गरिएको हो।

संचारकर्मी युवा निर्देशक कुशल श्रेष्ठ

भिडियोको निर्देशन संचारकर्मी समेत रहेका युवा निर्देशक कुशल श्रेष्ठले गरेका हुन् । करिब डेढ दशकदेखि बेलायतमा बसेर संचारकर्मसँगसँगै म्यूजिक भिडियो निर्देशन, छायांकन र सम्पादनमा आफ्नो कुशलता देखाएका निर्देशक श्रेष्ठकै छायाँकन र सम्पादन रहेको भिडियोमा दुनिया राउत र प्रसेन बिस्टको अभिनय देख्न सकिन्छ ।

थाहै नपाई सुटुक्क प्रेममा परेकाहरुको कथालाई देखाइएको भिडियो इनफोकस नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।भिडियो हेर्नुस