लण्डन ग्रीन्फोर्डमा ’कबड्डी ४’ प्रदर्शन हुँदै

लण्डन । नेपाली चलचित्र मध्ये सर्वाधिक कमाई गर्ने फिल्मको सुचीमा रेकर्ड कायम गरिसकेको नेपाली चलचित्र ’कबड्डी ४’ लण्डनमा प्रदर्शन गरिने भएको छ ।

उक्त चलचित्र यही जुलाई २ मा लण्डनको ग्रिनफोर्ड हलमा प्रदर्शन गरिने भएको हो । उक्त फिल्म हलमा पहिलो शो दिउँसो ३ः३० बजे र दोश्रो शो बेलुकी ६ः३० बजे प्रदर्शन हुने विशाल राईले लण्डन नेपाल न्यूजलाई जानकारी दिए । सिमित टिकट रहेकाले यथाशक्य टिकट लिन उनले अनुरोध समेत गरेका छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म घरेलु बक्स अफिसमा सफलताका साथ प्रदर्शन भएको थियो ।समाजिक कथावस्तुलाई कमेडीमार्फत प्रस्तुत गरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

बाँसुरी फिल्म्स् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । फिल्मका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।