फ्रान्स, २९ जेठ । फ्रान्सको एक अदालतले शुक्रबार अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व प्रमुख डोमिनिक स्ट्राउस कानलाई यौनकर्मी दलाली गरेको आरोपबाट सोमबार मुक्ति दिएको छ । अदालतको निर्णय सुन्दा छैसट्ठी वर्षीय अर्थशास्त्रीले सहमतिमा टाउको हल्लाए । यो नै कानको यौन संसर्गसम्बन्धमा अदालतमा अन्तिम रङ्गिन सुनुवाइ बनेको छ र यसका कारण उनका निजी सम्बन्धका विषय सार्वजनिक दृष्टिमा पुगेको थियो ।
फेबु्रअरी महिनामा तीन सातासम्मको सुनुवाइको अन्त्यमा सरकारी वकिलहरूले प्रमाणको अभावमा कानलाई रिहा गर्न आग्रह गरेका थिए भने त्यसै कारण ‘‘यौनकर्मीको पीडादायक दलाली’’को आरोपबाट उनलाई मुक्ति दिने निर्णय अनौठो रूपमा आएको होइन । सन् २०११ मा न्यु योर्क होटेलमा एक महिला कर्मचारीले कानमाथि यौनजन्य आक्रमण गरेको आरोप लगाएपछि अन्तर्राष्ट्रिय मुद्रा कोषको उच्च पदमा रहेका र राष्ट्रपति बन्ने सम्भावना बोकेका उनको सार्वजनिक जीवन अन्त्य भएको थियो ।
यी फौजदारी अभियोग हटेपछि तथा त्यसलाई देवानी मुद्दामा मेलमिलामा लगिएपछि उनमाथि फ्रान्सको उत्तरी भागमा यौनकर्मीहरूको एक समूहसँग मिलेर काम गरेको आरोप लाग्यो । यस समूहले कानको विलासका लागि यौनकर्मी उपलब्ध गराउने गरेको आरोप लगाइएको थियो ।
यस मुद्दामा कानमाथि सात महिलाको यौनकर्मलाई सहयोग गरेको तथा प्रोत्साहन गरेको अभियोग लगाइएको थियो । यसका लागि उहाँलाई दश वर्षसम्मको कारावासको सजाय हुनसक्थ्यो । फ्रान्सको उत्तरी नगर लिलका अदालतका इजलासमा स्याम्पेन सहितका विलासमा कानले भाग लिएको कुरामा सुनुवाइ भएको थियो भने उनका वकिलहरूले अदालतले उहाँको नैतिकता तथा यौनकर्मलाई सुनुवाइमा राखेको आरोप लगाएका थिए ।
स्ट्राउस कानले आफू समूहगत यौनक्रीडामा आनन्द लिने व्यभिचारी भएको बताउँदै पेरिस, ब्रसेल्स तथा वासिङ्टनमा यस्ता कार्यक्रममा भाग लिने महिलालाई पैसा तिरिएर त्यहाँ ल्याइएको कुरा आफूलाई थाहा नभएको बताएका थिए ।
पूर्व यौनकर्मीहरूले आफूहरूलाई गुदा मैथन गर्न बाध्य पारिएको अवस्था बताउँदै त्यस्तो पीडादायक अवस्थामा पनि स्ट्राउस कान सिधासादा व्यक्ति जस्तो देखिएको जस्तो नाटकीय बयान दिएका थिए । उहाँका वकिलहरूले यस्ता गुदा मैथुन सामान्यतया विचलित नहुने व्यक्तिबाट धैर्य गुम्दा हुने गरेको क्रिया भएको र यो मुद्दा बिचलित अभ्यासका विषयको सुनुवाइ नभएको दाबी गरेका थिए ।
कानले सामान्य मानसिको तुलनामा आफूले बढी विलासी यौनक्रीडा राख्ने गरेको स्वीकार गर्दै यस्तो कुरा अस्वीकार गर्ने अधिकार यौनकर्मी भए पनि नभए पनि कुनै पनि महिलामा रहेको दाबी गरेका थिए ।
उनले सन् २००८ मा आरम्भ भएको वित्तीय सङ्कटबाट विश्वलाई जोगाउन व्यस्त रहेको आईएमएफका प्रमुख भएको पुरुषका लागि यौनकर्मी प्रयोग गरेको भन्ने आरोप निकै जोखिमपूर्ण भएको र त्यसले आफूलाई त्रस्त बनाएको बताएका थिए । सुनुवाईको अन्त्यमा कानका वकिलहरूले उनको नैतिकता विरोधमा यो अभियोगभन्दा बढी केही नभएको र यसै कारण यो आफैमा खारेज हुनुपर्ने माग गरेका थिए भने सरकारी वकिलहरूले पनि त्यसलाई स्वीकार गरेका थिए ।
प्रमुख सरकारी वकिल फ्रेडरिक फेभ्रले न्यायिक अनुसन्धान तथा सुनुवाई दुबैमा स्ट्राउस खान दोषी भएको स्थापना हुननसकेको बताउँदै उनलाई रिहा गर्न आग्रह गर्नुभएको थियो ।
कानमाथि आरोप लगाउने दुई महिलाले आफ्नो मुद्दा जित्नसकिने गरी प्रमाण नभएको भनी मुद्दा फिर्ता लिएका थिए ।
यस मुद्दामा १३ व्यक्तिहरूलाई आरोपमुक्त गरिएको छ भने । त्यसमा वेश्यालय मालिक डोमिनिक अल्डरवायल्र्ड पनि परेका छन् ।






