तमु धि यूके लन्डन इकाईले व्यापक बनाउँदै ल्होसार,८ जनवरी ग्रिनफोर्डमा धुमधामका साथ मनाइदै

लण्डन । तमुधिं यूके लन्डन इकाईले लन्डनमा धुमधामका साथ ल्होछार मनाउने भएको छ ।

तमु धिं यूके लन्डन इकाइले आगामी ८ जनवरी आइतबार लन्डनस्थित ग्रीनफोर्ड टाउनहलमा ल्होछार पर्वका साथमा संस्थाको १५ औं वार्षिक ऊत्सव मनाउन लागेको हो ।

गत डिसेम्बर ४ तारिक लण्डनको सड्बडी हिल स्थित पोस्ट अफिस हलमा बसेको बैठकले ल्होछारलाई भव्य रुपमा मनाउने निणर्य गरेको तुम धि यूके लण्डन ईकाईका अध्यक्ष विष्णु गुरुङले लन्डन नेपाल न्युजलाई जानकारी दिए । उनले कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सबैको उपस्थितिका लागि अनुरोध गरेका छन् ।

तमुधिं यूके लन्डन इकाईको १५औं वार्षिक साधारणसभा बैठकमा अध्यक्ष विष्णु गुरुङ,प्रमुख अतिथि तमुधिं यूके अध्यक्ष हित काजी गुरुङ, प्रमुख सल्लाहकार काउन्सिलर लक्ष्यबहादुर गुरुङ,आमा समूह अध्यक्ष कमला गुरुङ र पूर्वअध्यक्ष एवं ट्रष्टिज डेबिड गुरुङले सामूहिकरुपमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए ।

कार्यक्रममा विशिष्ट अथितिहरु, वरिष्ठ उपाध्यक्ष हरि गुरुङ, काउन्सिलर लक्ष्यबहादुर गुरुङ, ट्रष्टिज क्या. प्रेम गुरुङ, ले. नारायणप्रसाद गुरुङ BEM, साथै निवर्तमान अध्यक्ष चन्द्रबहादुर गुरुङले लगायतले लन्डन इकाई तमुधिंको अभिन्न अंग रहँदै आएको भन्दै प्रशंसा गरे । उनीहरुले जति पनि केन्द्रको कार्यक्रम सफल हुनुमा लन्डन इकाई सॅंधैं सक्रिय रहॅंदै सहयोग गरिरहनु पनि कारण रहेको उल्लेख गर्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रमा तमु चलचित्र ‘पातें’का लेखन, निर्देशक तथा नायक प्रितम गुरुङलाई सम्मान समेत गरिएको थियो ।

यसै गरि कार्यक्रममा ल्होसार कार्यक्रम २०२२ उपाध्यक्ष संयोजक भरत गुरुङले कार्यक्रमको सम्पूर्ण तैयारी पुरा भईसकेको र अब उक्त दिनको प्रतिक्षामा रहेको बताए ।

कार्यक्रम सञ्चालन सचिव विशाल गुरुङ (रक) गरेका थिए । कार्यक्रममा उपस्थित भई साधारणसभा सफल बनाइदिएको भन्दै सबैलाई धन्यवाद आमा समूह अध्यक्ष कमला गुरुङले दिइन् ।

तमु धि लण्डन इकाईका पूर्व अध्यक्ष डेबिड गुरुङले ल्होछार पर्व सबै नेपालीहरुको साझा पर्व भएकाले सबैलाई उपस्थित भएर ल्होछार मनाउने कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरे ।बिगतका वर्ष हरुमा पनि तमु धि लण्डन इकाईले एकापसमा शुभकामना आदानप्रदान गरेर यो पर्व मनाउने गरेका छन् ।प्रत्येक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ ।