शिव भण्डारी
लण्डन । बेलायतमा तेश्रो मिसेस् नेपाल युनिभर्स प्रतियोगिताको व्यापक तयारी सुरु भएको छ ।
लण्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाहरु बीचको सौन्दर्य प्रतियोगिताको तेश्रो संस्करण आउंदो ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ ।
कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता यसपटक उत्साहजनक सहभागितामा गर्ने तयारी भएको लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले लण्डन नेपाल न्यूजलाई जानकारी दिईन् ।
मिसेस् नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस् युनिभर्समा सहभागिता जनाउन सक्ने डंगोलको भनाई छ। यही आइतबारदेखि प्रतियोगीहरुको प्रशिक्षणसहित अन्य प्रक्रिया अगाडि बढ्नेछ ।
प्रतियोगीतामा दर्जनौ सुन्दरीहरुले भाग लिने भएको उनले जानकारी दिईन् । प्रतियोगितामा जुनै देशका नेपाली महिलाले भाग लिन सक्ने आयोजकले जनाएका छन् ।
विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि प्रतियोगिता अझ व्यापक र विस्तारित रुपमा गर्न लागिएको जनाउंदै मनिषाले महिला सशक्तिकरणमा जोड दिंदै आफूमा इच्छा र प्रतिभा छ भने महिला सधैं ‘रोल मोडल’ का रुपमा अग्रपंक्तिमा आउनुपर्ने धारणा लन्डन नेपाल न्यूजसंग राखिन् ।
व्यवसायिक, निष्पक्ष र आकर्षक ढंगमा प्रतियोगिता गर्न लन्डन फेसन हाउस जुटिरहेको छ । प्रतियोगितामा भाग लिन इच्छुक विवाहित महिलालाई सम्पर्क गर्न आयोजकले आग्रह गरेका छन् । ‘प्रतियोगीहरुको भीडमात्र जम्मा नगरि चुस्त दुरुस्त र प्रभावकारी प्रतियोगिता गर्ने हाम्रो योजना छ’, मनिषाले बताइन् ।
विभिन्न टाइटिल रहने उक्त प्रतियोगिता निष्पक्ष बनाउन निर्णायकमा विभिन्न क्षेत्रका वीज्ञहरु राखिने भएको छ ।
भिडियो हेर्नुस्:






