नयाको चौँथो साधारण सभा सम्पन्न : निजन चौलागाईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

सिड्नी । नेप्लिज अष्ट्रेलियन युथ एसोसियसन (नया) को अध्यक्षमा निजन चौलागाई निर्विरोध चयन भएका छन् ।

२२ सेप्टेम्बर बिहिवार रक्डेलको ईन्द्रेणी फंक्सन सेन्टरमा सम्पन्न चौँथो साधारण सभाले चौलागाईको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

२०२२-०२४ का लागि निर्वाचित समितिको उपाध्यक्षमा शेखर तिवारी र विपिन थापा, महासचिवमा सत्यप्रकाश कँडेल, सचिव विनोद केसी र कोषाध्यक्षमा श्रवण भट्टराई चयन भएका छन् ।

एशोसियसनको कार्यकारिणी सदस्यमा नेत्र पौडेल, सुजन तिवारी, भुवनजंग बस्नेत, सुनिल गौतम, प्रेमबहादुर महरा, महिला संयोजकमा पूजा चन्द, महिला उपसंयोजकमा कृष्णा खतिवडा र महिला सदस्यहरुमा- रोजिना गिरी, प्रप्रिती शर्मा, डेबी राणा र ममता तिवारी लगायत रहेका छन् ।

२०१३ मा स्थापना भएको एशोसियसनको संस्थापक अध्यक्ष कमलराज पाठक हुन् । हालै अध्यक्षमा निर्वाचित चौलागाईले यस अगाडी सचिव र उपाध्यक्षको जिम्मेवारी सहित अनुभव सगांलेका छन् । आफुलाई विश्वास गरेर अध्यक्षमा सर्वसम्मत चयन गर्ने सम्पूर्णलाई आभार व्यक्त गर्दै उनले अब संस्था हाँक्ने जिम्मेवारी आफ्नो काँधमा आएको र त्यसलाई कुशलता पूर्वक बहन गर्ने बताए ।

अभिवेशनमा एनआरएन अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, रिजनल कोअर्डिनेटर दिनेशराज जोसी, एनआरएनए आईसीसी पूर्व उपाध्यक्ष मन केसी, अन्तराष्ट्रिय झापाली समाजका पूर्व अध्यक्ष दिनेश पोखरेल, एनआरएनए पूर्व युथ कोअर्डिनेटर ईर्साद आहाम्मद, जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष सुरेश गुरुङ, उपाध्यक्ष ईथान शाक्य, एनएडिएफ अध्यक्ष भिष्म भण्डारी, महावाणिज्यदूत दिपक खड्का, प्रवासी नेपाली मञ्च अस्ट्रेलियाका अजय राजवशीं, एनएडीएफका प्रकाश हुमागाँई, जनसम्पर्क समितिका पूर्व सभापति कृष्ण गिरी, रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेल, भिएफएफका संस्थापक अध्यक्ष म्याक्स प्रसाई, एनआरएनए एससीसी सचिव बिनोद कुँवर लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा एशोसियसनमा आबद्ध सदस्यहरु, पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।