लण्डन । आइतबार बैंगलोरको घरेलु मैदानमा भएको फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ रनले हराउँदै पहिलो पल्ट आइपिएलको उपाधि हात पारेको हो।
टस जितेर पहिला ब्याटिङ रोजेको सनराज्यर्सले कप्तान डेभिड वार्नरको ६९ रनको सहयोगले पहिले ब्याटिङ हैदारावादले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। बेन कटिङले बिस्फोटक ब्याटिङ गर्दै १५ बलमा ३८ रनको नटआउट पारी खेले। यस्तै युवराज सिंहले ३८ रन बनाए। शिखर धवन २८ रनमा आउट भए।
बैंगलोरका लागि क्रिश जोर्डनले सर्वाधिक ३ विकेट लिए। यस्तै अर्बिन्दले २ तथा चहलले १ विकेट लिए।
बैंगलोर लागि क्रिश गेलले ३८ बलमा ८ छक्का र ४ चौकाको मधतले ७६ रन बनाए। यस्तै कप्तान विराट कोहली ३५ बल खेलेर ५४ रनमा आउट भए। १०.३ ओवर मा ११४ रनको मज्भुत स्थितिमा रहेको बैंगलोर अन्तमा ८ रनको हार बेहोर्यो । लिए।२०९ रनको लक्ष्य पछ्याएको बैंगलोरले पुरै २० ओभर खेलेर ७ विकेट गुमाएर २०० रन ल्याएको थियो ।
हैदारावादका लागि बेन कटिङले २ तथा विपुल शर्मा,रहमान र विरेन्द्र शरणले समान १-१ विकेट लिए।
अप्रिल ९ देखि सुरु भएको इन्डियन प्रिमियर लिगको सर्भाधिक ९७३ रन बनाएका कप्तान विराट कोहली म्यान अफ दि सिरिज चुनिए।







